'बाबा' बेपत्ता हुँदाको पीडा वर्षौदेखि सहेर बसेका यी तीन युवती
बृहत् शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकको खोजी ६० दिनभित्रै गरिसक्ने प्रतिबद्धता गरिएको १३ वर्ष पुगिसकेको छ।
तर उक्त प्रतिबद्धता अनुसार काम हुन नसक्दा दुई हजारभन्दा धेरै नागरिकको अवस्था हालसम्म पनि अज्ञात छ।
राजनीतिक कारणले बेपत्ता पारिएका मानिसको अवस्था पत्ता लगाउन सरकार, नागरिक समाज र दलहरूले आआफ्नो भूमिका निर्वाह गरेको बताएपनि पीडितको अवस्था जस्ताको तस्तै छ।
बेपत्ता पारिएका व्यक्तिका आफन्त लगायतले आज अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइरहँदा काठमाण्डूमा भेला भएका यी युवतीहरूले आफ्ना बुवा बेपत्ता हुँदाको पीडा यसरी सुनाए।
कमल परियारले तयार पारेको यो भिडिओमा उनीहरूका पीडा समेटिएका छन्। हेर्नुहोस्।
अनि यो पनि