कश्मीरमा आंशिक रूपमा टेलिफोन र जम्मूमा इन्टरनेट सुरु, मुसलमान बहुल क्षेत्रमा प्रतिबन्ध कायम

तस्बिर स्रोत, AFP
भारत प्रशासित कश्मीरमा १२ दिन देखि बन्द गरिएको फोन सेवा आंशिक रूपमा सुरु गरिएको छ।
जम्मूका पाँच जिल्लामा टुजी सेवा सहितको इन्टरनेट सेवा सुरू गरिएको छ। कश्मीर उपत्यकामा अहिले ल्यान्डलाईन सेवा मात्र सुचारु भएको छ।
अहिलेसम्म १७ वटा टेलिफोन एक्सचेन्ज सुरु भएका छन्।
बाँकी सबै टेलिफोन लाईन आइतवारसाँझबाट सुरु गर्ने भनिएको छ।
अगस्ट ५ यता भारत प्रशासित कश्मीरमा टेलिफोन सेवा बन्द रहँदै आएको थियो।
खुकुलो
त्यो दिन जम्मू कश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएको थियो।
केन्द्र शासित प्रदेशमा उक्त क्षेत्रलाई विभाजन गर्ने निर्णयसँगै मोबाइल र ल्यान्डलाईन सहित सबै सञ्चार सेवाहरू स्थगित गरिएको थियो।

जम्मू कश्मीरका प्रिन्सिपल सेक्रेटरी रोहित कांसलले भने, "बिहानैदेखि उपत्यकाका ३५ प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ।"
उनका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरू बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन्।

तस्बिर स्रोत, AFP
उनले जम्मूमा पहिल्यैदेखि तारमार्फत चल्ने टेलिफोन र मोबाइलले काम गरिरहेको र कम्तीमा पाँच जिल्लामा मोबाइल सेवा सुरू गरिएको छ।
मुसलमान बहुल क्षेत्रमा अझै सञ्चार अवरोध
पत्रकार मोहित कंधारीले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार जम्मूका पाँच जिल्लाहरू जम्मू, रियासी, सांबा, कठुआ र उधमपुरमा टुजी इन्टरेन्ट सेवा सुरु गरिएको छ।
त्यहाँ मुसलमान बहुल जिल्लाहरू राजौरी, पंछु, किश्तवाड, डोडा र रामबनमा अहिले पनि इन्टरनेट सेवा सुचारु गरिएको छैन।
प्रिन्सिपल सेक्रेटरी रोहित कांसलले सोमवारदेखि सबै प्राथमिक र माध्यमिक विद्यालय खुल्ने अपेक्षा गरिएको बताए। उनले सोमवारबाटै सरकारी कार्यलयहरूले पनि नियमित रूपमा काम गर्ने बताएका छन्।








