प्रेमलाल श्रेष्ठः जसले पारिश्रमिक नलिई श्रीपेच बनाए
पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डलाई 'जनताको नासो' भन्दै सरकारलाई हस्तान्तरण गरेको एक दशक बितिसकेको छ।
तर नयाँ बानेश्वरका ८४ वर्षीय प्रेमलाल श्रेष्ठका लागि उक्त श्रीपेचको छुट्टै महत्त्व छ।
उनले त्यो श्रीपेच बनाएको चार दशकभन्दा बढी भइसके पनि उनलाई हिजोजस्तै लाग्छ।
टोपी बनाउने आफ्नो पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने क्रममा उनले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकका बेला श्रीपेच बनाउने मौका पाएका थिए।
तर त्यसको ज्याला भने नलिएको उनी बताउँछन्।
अन्य दुई कालिगडलाई समेत पैसा दिएर झण्डै डेढ महिनामा श्रीपेच तयार पारेको उनको भनाइ छ।
हाल उक्त श्रीपेच नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ -