इन्डोनेशिया कोमोडो ड्र्यागन: विशाल छेपारो र मान्छे बस्ने टापुको कथा
Published
इन्डोनेशियाको कोमोडो टापुमा बसोबास गर्ने ड्र्यागनहरूको चोरी शिकारी बढ्न थालेपछि तिनलाई जोगाउन गाउँलेलाई अन्यत्र सार्ने योजना स्थानीय सरकारले अगाडि सारेको छ।
स्थानीय अधिकारीहरूले कोमोडो टापु आगामी वर्ष बन्द गर्ने योजना बनाएका छन्।
गत मार्चमा तस्करको सञ्जालले ४१ वटा कोनोडो ड्र्यागन विदेशमा बेचेपछि सरकारको यो योजना अगाडि आएको हो।
तस्करहरूले एउटा ड्र्यागनको ३५ हजार अमेरिकी डलरमा बेचेको बताइएको छ।
अधिकारीहरूले टापुलाई पर्यटकका लागि मात्र बन्द गर्न खोजेको होइन।
पुस्तौँदेखि कोमोडो ड्र्यागनसँग बसोबास गर्दै आएका गाउँलेलाई पनि त्यहाँबाट निकाल्न खोजिरहेको छ।
हेर्नुहोस् एउटा भिडिओ -