फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको तस्बिर समस्या समाधान

Facebook

तस्बिर स्रोत, Getty Images

फेसबुकले आफ्ना उत्पादनहरूमा देखिएको तस्बिर र भिडिओसम्बन्धी समस्या समाधान भएको जनाएको छ।

सो समस्याका कारण विश्वभरि प्रयोगकर्ताहरू तस्बिर, भिडिओ र अन्य फाइलहरू फेसबुकमा राख्न वा हेर्न नसक्ने भएका थिए।

फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएप एपहरूमा सो समस्या देखिएको थियो।

"यो समस्या... समाधान भएको छ र हामी सबै प्रयोगकर्ताको लागि शत प्रतिशत सुविधासहित उपलब्ध भएका छौँ," फेसबुले ट्विट गरेको छ।

फेसबुकले नियमित मर्मतसम्भारको क्रममा दुर्घटनावश सो समस्या आएको बताएको छ।

फेसबुकका मासिक दुई अर्ब तीस करोड सक्रिय प्रयोगकर्ता छन् भने इन्स्टाग्रामका एक अर्ब प्रयोगकर्ता छन्।

केही प्रयोगकर्ताहरूले तस्बिरको स्थानमा खैरो बाकस देखेका थिए।

Facebook image analysis

तस्बिर स्रोत, Facebook

फेसबुकको प्रतिद्वन्द्वी ट्वीटरका प्रयोगकर्ताहरूले पनि सन्देशहरू आदानप्रदान गर्न वा नोटिफिकेशन प्राप्न गर्न असफल भएका थिए।

सो कम्पनीले पनि प्रयोगकर्ताहरूसँग माफी मागेको छ।

गत मार्चमा फेसबुक र इस्टाग्राम सबैभन्दा लामो समयका लागि राम्ररी नचल्ने भएको थियो भने एप्रिलमा ह्वाट्सएपमा समस्या आएको थियो।

मङ्गलवार क्वाउडफ्लेर नामक वेबसाइटलाई सुरक्षित बनाउने प्रविधिमा समस्या आएका कारण हजारौँ वेबसाइट हेर्न नसकिने भएका थिए।