धान दिवस र रोपाइँ: परम्परागत देखि आधुनिकतातर्फ

कुल कृषि उत्पादनमा २० प्रतिशत योगदान रहेको धानबाली अधिकांश स्थानमा मनसुन शुरू भएपछि लगाइन्छ।

परम्परागत धान रोपाइ

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, करीब एक महिना अगाडि राखेको धानको बिउ काढेर डोकोमा बोकेर रोप्ने ठाउँमा लगिन्छ। देशका कतिपय स्थानमा अहिले पनि परम्परागत तरिकाले नै धान रोप्ने चलन छ। कतिपय स्थानमा अहिले पनि आधुनिक उपकरण प्रयोग गरिँदैन। (उमाकान्त खनाल, झापा)
आधुनिक
तस्बिरको क्याप्शन, धान रोपाइँमा परम्परागत उपाय सँगसँगै आधुनिक प्रविधि पनि प्रयोग हुन थालेका छन्। (इश्वर जोशी, चितवन)
धानको बीरुवा
तस्बिरको क्याप्शन, यन्त्रले रोप्नका लागि भिन्नै प्रकारले बिरुवा झिक्नुपर्छ। हातले रोप्ने बिरुवा झिक्ने तरिका फरक हुन्छ। (इश्वर जोशी चितवन)
हिल्याउने काममा गोरुको प्रयोग
तस्बिरको क्याप्शन, यसरी हल गोरु वा हल राँगा प्रयोग गरेर हिल्याउने चलन हराउँदै गएको छ। खासगरि ट्र्याक्टर प्रयोग गरि हिल्याउने प्रचलनले गोरु वा राँगाको प्रयोग घट्दै गएको हो। (उमाकान्त खनाल, झापा)
रोपाइँ
तस्बिरको क्याप्शन, रोपाइँ काममात्र नभएर किसानहरूका निम्ति एउटा उत्सवको अवसर पनि हो। रोपाइँ भनेको मानो रोपेर मुरी उब्जाउने भन्ने कथन पनि प्रचलित छ। (इश्वर जोशी, चितवन)
आधुनिक रोपाइँ
तस्बिरको क्याप्शन, मनसुनी वर्षा पर्याप्त नभए पनि सिँचाइको सुविधा पुगेका स्थानमा रोपाइँ सुरु भएका छन्। मल नपाएर भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा आयात गरिएका मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको सीमावर्ती क्षेत्रका किसान सुनाउँछन्। (इश्वर जोशी, चितवन)
भक्तपुर
तस्बिरको क्याप्शन, भक्तपुरमा रोपाइँलाई स्थानीय नेपालभाषामा सिनाज्या अर्थात मरेर गरिने वा अत्यन्तै मिहिनेतका साथ गरिने काम भनिन्छ। आकाशे पानीको भरमा धान रोप्न पर्ने अवस्थाका कारण भक्तपुरका धेरैजसो खेत अझै बाँझै छन्। नजिकै इनार, कुवा वा कुलो भएकाले त्यहाँबाट पानी तानेर पनि धान दिवस मनाइरहेका छन्। (मतिना त्वनाबासु, भक्तपुर)
धान रोपाइँ
तस्बिरको क्याप्शन, खन्ने, जोत्ने र आली लगाउने काम पुरुषको र धान रोप्ने काम सामान्यतया महिलाले गर्ने भएपनि हिजोआज पुरुष पनि धान रोपाइँमा उत्तिकै सहभागी भएको पाइन्छ। (बसुन्धरा गौतम दाङ)
हिलोमा लतपत
तस्बिरको क्याप्शन, धान दिवसका दिन हिलोमा लतपतिएर रमाइलो गर्ने प्रचलन बढ्दै गएको छ। (उमिद वागचन्द)