गलबन्दी गीत विवाद: सङ्गीतमा प्रतिलिपि अधिकारको बहस आवश्यक

तस्बिर स्रोत, Youtube Screengrab
चर्चित दोहोरी गीत 'गलबन्दी' सम्बन्धमा उठेको प्रतिलिपि अधिकारको विवाद सहमतिमा मिले पनि यसले उठाएको विषयलाई टुङ्गोमा पुर्याउनुपर्ने सङ्गीतस्रष्टाहरू बताउँछन्।
गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा गलबन्दीको रोदी परम्पराको झल्को दिने गरी बनाइएको भिडिओ एक महिनामा युट्युबमा झन्डै एक करोड ७० लाख पटक हेरिएको छ।
गीतको लय आफूले केही वर्ष अघिनै सार्वजनिक गरेको गीतसँग मिल्न गएको भन्दै गायक शम्भु राईले प्रश्न उठाएपछि मानिसहरू त्यसको पक्ष र विपक्षमा देखिए।
गायकद्वय राई र सपुतको विवाद बुधवार सहमतिमा टुङ्गियो। तर उक्त प्रकरणले उठाइदिएको विषय भने त्यसै साम्य हुनु नहुने स्रष्टाहरू बताउँछन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

X पोस्ट समाप्त, 2

अवसर
गायक सङ्गीतकार लोचन रिजाल भन्छन्, "विवादमा को सही वा को गलत भन्दा पनि यस प्रकरणले उठाएको विषयवस्तु महत्त्वपूर्ण छ।"
काठमाण्डू विश्वविद्यालयमा गायन विषयमा प्राध्यापन गर्ने रिजालका अनुसार प्रतिलिपि अधिकारबारे साङ्गीतिक क्षेत्रमा सर्जकहरूलाई राम्रो जानकारी भएको जस्तो देखिँदैन।
उनी भन्छन्, "हालका दिनमा साङ्गीतिक क्षेत्र व्यावसायिक हुँदै गएका कारण सर्जकहरू सचेत भने हुँदै गएको जस्तो देखिन्छ।"
गायक सपुतले विवाद चुलिँदै गर्दा फेसबुकमा लेखेका थिए, "नेपालमा गीतसङ्गीतको औपचारिक रेकर्ड र व्यवसाय सुरु भएको यतिका वर्षसम्म पनि प्रतिलिपिसम्बन्धी स्पष्ट कानुन नहुनु दु:खद कुरा हो।"
"त्यसैले प्रतिलिपि सम्बन्धमा बृहद् बहस हुनु जरुरी छ। नयाँ र स्पष्ट कानुन बन्नु जरुरी छ। लोकगीतको विषयमा त झन गम्भीर हुनु जरुरी छ। किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचानसँग जोडिएको विषय पनि हो।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

कानुनी व्यवस्था
केही वर्षअघि नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा आफ्नो सङ्गीत सिर्जना दर्ता गराउन पुग्दा त्यहाँका कर्मचारीहरूनै छक्क परेको रिजालसँग अनुभव छ।
"कोही पनि साङ्गीतिक सिर्जना लिएर त्यहाँ नपुग्ने हुँदा उहाँहरू छक्क पर्नु भएको थियो," रिजाल सम्झन्छन्।
रजिस्ट्रार प्रकाश आचार्यका अनुसार साङ्गीतिक क्षेत्रलाई समेत नीतिगत रूपमा समावेश गरेर तयार पारिएको कानुनी प्रावधान अस्तित्वमा रहे पनि सर्जकहरूलाई त्यसबारे यथेष्ट जानकारी नभएको स्वीकार्छन्।

तस्बिर स्रोत, Nepal Copyright Registrar's Office

आचार्यका अनुसार प्रतिलिपि अधिकार ऐन २०५९ र २०६१ सालमा सार्वजनिक भएको नियमावलीले आफ्ना सिर्जनामा सर्जकहरूको अधिकार सुनिश्चित गरेको छ।
अरू सन्दर्भमा स्पष्ट भए पनि लोकभाकाको सन्दर्भमा ऐनमा स्पष्ट व्याख्या नहुँदा यस्ता विषयमा भने समस्या भइरहन सक्ने कतिपयको बुझाइ छ।
ऐनमा लोकभाकाको हकमा प्रतिलिपि अधिकार नहुने भन्ने उल्लेख गरिए पनि लोकगीतमा आधारित "अरू रचना"का हकमा भने मूल रचनाको प्रतिलिपि अधिकारमा प्रतिकूल असर नपुर्याउने किसिमले मौलिक रचनासरह नै प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुने भन्ने व्यवस्था गरिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4

"लोकगीतमा आधारित भएर सङ्गीत प्रस्तुत गरियो तर त्यसमा अन्य कसैको सिर्जना प्रयोग भएको छ भने त्यसमा आधारित व्युत्पन्न रचनाले प्रतिलिपि अधिकार पाउने कुरा ऐनमा स्पष्ट छ," आचार्यले बीबीसी नेपाली सेवा सँग भने।
आवश्यकता
नेपालजस्तो राष्ट्रका हकमा प्रतिलिपि अधिकार ठूलो विषय नलागे पनि देश विकासको एउटा महत्त्वपूर्ण आधार रहेको आचार्य बताउँछन्।

तस्बिर स्रोत, YouTube/Prakash Saput
सर्जकहरू आफैँ पनि प्रतिलिपि अधिकारका विषयमा त्यति धेरै जानकार नरहेकाले समस्या उत्पन्न हुने गरेको उनको बुझाइ छ।
"किताब होस वा गीतसङ्गीत वा कुनै वैज्ञानिक आविष्कार त्यस्ता कुराहरूमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छैन। त्यस कारण पनि सर्जकहरू आफैँ अग्रसर हुन जरुरी देखिन्छ," उनले थपे।
हाल कानुन संशोधन हुन लागेको अवस्थामा आफूहरूले स्रष्टाहरूसँग सुझाव मागेको र कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउन लागेको आचार्यले बताए।
सामग्री उपलब्ध छैन
थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।Facebook पोस्ट समाप्त