नेपालमा पाहुना लाग्न आउने चराहरू

अफ्रिका तथा एशियाका अन्य देशबाट गर्मीयाममा करिब ६० प्रजातिका चराहरू नेपाल आउने नेपाल पन्छी संरक्षण संघको तथ्याङ्क छ। नेपालमा वर्षभरि गर्मी र जाडो याममा गरि करिब १ सय ६० प्रजातीका चराहरू पाहुनाका रूपमा आउने गर्दछन्। खासगरी मार्च महिनादेखि आउन थाल्ने यी चरा सेप्टेम्बरको अन्तिमतिर आआफ्नो देश फर्किने गरेको बताइन्छ।

स्वर्गचरी
तस्बिरको क्याप्शन, दक्षिणी भारत र श्रीलङ्काबाट प्रवेश गर्ने स्वर्गचरी मार्च महिनामा कोशी टप्पुको आसपासमा आएर गुँड बनाइ बच्चा कोरल्ने र अगष्ट महिनाको अन्तिमतिर फर्कने गर्छन्।
चरा
तस्बिरको क्याप्शन, जुरे कोइली अफ्रिकाबाट कोशीमा आउने चरा हो। यसले अरु चराहरूको गुँडमा अण्डा पारी दिने गर्छ र बच्चा पनि अरुले नै हुर्काइ दिन्छन्। माउ चरा अगाडि नै फर्कने भए पनि बच्चा चाहिँ उड्ने भइसके पछि सेप्टेम्बर महिनातिर मात्रै फर्कन्छन्।
चरा
तस्बिरको क्याप्शन, दक्षिणी र मध्य भारतबाट गाजलु आँखा भएको सुनचरी चरा कोशी टप्पूमा आउने गर्दछ। यो चरा गुँड बनाइ बच्चा कोरल्ने र सेप्टेम्बरतिर फर्कने गर्छ।
चरा
तस्बिरको क्याप्शन, बीउ कुहियो चरा अफ्रिकाबाट कोशीमा आउँछ। यसले पनि अरु चराहरूको गुँडमा गइ अण्डा पारी दिन्छ। त्यसरी जन्मिएको बच्चालाई अरुले नै हुर्काइ दिन्छन्। बच्चा सेप्टेम्बरतिर मात्रै उड्न सक्ने भएपछि अफ्रिका फर्कन्छ भने माउचाहिँ अलि अगाडि नै फर्किन्छ।
चरा
तस्बिरको क्याप्शन, दक्षिणी भारतबाट आउने मुरली चरा कोशीमा मार्च महिनामा आउने गर्छ। खोलाको किनारतिर बालुवाका ढिस्कोमा गुँड बनाइ बच्चा कोरलेर यो चरा अगष्ट महिनामा फर्कन्छ।
चरा
तस्बिरको क्याप्शन, गर्मीयाममा श्रीलङ्काबाट नेपाल आउने स्वर्ग चरी नेपालमा तीनदेखि चार महिनासम्म बस्छ। त्यो अवधिमा बच्चा कोरलेर उ श्रीलङ्का फर्कने गर्छ।
चरा
तस्बिरको क्याप्शन, आफ्नो अण्डा कुरेर बसेको स्वर्गचरी। वर्षाभरी यी चराहरू नेपाली आकाशमा विचरण गर्छन्।