बीबीसी नेपाली सेवा: ५० वर्षअघि प्रसारित पहिलो कार्यक्रम यस्तो थियो
बीबीसी नेपाली सेवाको प्रथम प्रसारण सन् १९६९ जुन ७ मा भएको थियो।
त्यो बेलादेखि नै हामी संसारभरि रहेका नेपालीभाषी श्रोताको सेवामा छौँ। अहिले हामी रेडियोबाहेक वेबसाइट तथा सामाजिक सञ्जालबाट पनि समसामयिक विषयवस्तुमा देश र विदेशका समाचार तथा अन्य सामग्री दिँदै आएका छौँ।
आज हामी ५० वर्षमा प्रवेश गरेका छौँ। यही अवसरमा प्रस्तुत छ प्रथम प्रसारणको एउटा अंश।
कार्यक्रम सुरु हुँदा हेदर बोन्ड नेपाली भाषाको कार्यक्रमकी संयोजक थिइन् भने पूरन अग्रवाल प्रस्तोता थिए।