इरानी नेता जसले चिया पिउँदै श्रीमतीको हत्या गरेको स्विकारे

हत्यामा प्रयोग भएको हतियार

तस्बिर स्रोत, IRIB News

"उसको आफ्नै किसिमको सोच्ने तरिका थियो जसले गर्दा उसको ज्यान गयो।"

इरानका पूर्व उपराष्ट्रपति तथा राजधानी तेहरानका मेयर मोहम्मद अली नजाफीले आफ्नी दोस्रो पत्नीको हत्याको कारण बताउँदै भने।

नजाफीले आफ्नी पत्नीसँग सम्बन्धविच्छेदका लागि प्रस्ताव राखेका थिए, जुन उनले अस्वीकृत गरिदिएकी थिइन।

त्यसपछि उनले श्रीमतीमाथि पाँच गोली चलाए जसमध्ये दुईवटा गोली उनलाई लाग्यो। प्रहरीका अनुसार एउटा गोली मुटुमा लागेको थियो।

आत्महत्या गर्ने सोचका निस्केका नजाफीले प्रहरीसमक्ष आत्मसमर्पण गरे। प्रहरी कार्यालयमा उनलाई क्यामेराहरूले भेटे।

'ब्रेकिङ न्यूज' जसरी देखाइयो

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

इरानको सरकारी टेलिभिजनका क्यामेराले नजाफी प्रहरी कार्यालयतर्फ हिँड्दै गरेको दृश्य कैद गर्दै उक्त प्रकरणलाई ब्रेकिङ न्यूज जसरी प्रसारण गरिएको थियो।

सो प्रसारणपछि इरानमा न्यायको प्रकृतिबारे बहस सुरु गरिदिएको छ।

उक्त प्रसारणमा प्रहरीहरूले नजाफीप्रति सम्मान देखाउँदै शिर निहुराएको र हत्याको अभियुक्तलाई सौहार्दपूर्ण अभिवादन गरेको देखाइएको छ।

त्यसपछि प्रहरी अधिकारीहरूसँग तातो पेय पदार्थ पिउँदै गरेको दृश्य देखाइँदै गर्दा पृष्ठभूमिमा संवाददाताले घटनाको विवरण दिँदैछन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

विवाद

नजाफीलाई शिष्ट व्यवहार गरिएको छ, जसलाई सामाजिक सञ्जालमा धेरैले रमदान व्रत सार्वजनिक रूपमा तोड्दा वा हिजाब नलगाउँदा गरिने कारबाहीसँग तुलना गरेका छन्।

उनी भने हत्याको अभियोग स्विकार्दै थिए।

धेरैले भने नजाफी प्रहरी कार्यालय पुगेको दृश्य कैद गर्न क्यामेरा त्यहाँ किन पुगे भन्ने प्रश्न गरेका छन्। क्यामराले कसरी हत्याका आरोपीसँग सीधा पहुँच पाए?

जवाफ सम्भवतः राजनीतिक छ।

सुधारवादी राजनीतिज्ञको छवि बनाएका नजाफीलाई मेयरबाट राजीनामा दिनका लागि दबाब नदिँदासम्म राष्ट्रपति हसन रुहानीसँग उनको घनिष्ठ सम्बन्ध थियो।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तेहरानको एउटा विद्यालयमा जवान केटीहरूले इस्लाम धर्मको मान्यता विपरीत नृत्य गरेको भन्दै आलोचना भएपछि उनलाई राजीनामा गर्न लगाइएको थियो।

सुधारवादी छविकै कारण नजाफी इरानमा सरकारी सञ्चार माध्यम इरीबसँग बलियो सम्बन्ध रहेको कट्टरपन्थी नेताहरूको निसानामा पर्ने गरेका बताइन्छ।

तर उनले श्रीमती किन मारे?

बहुविवाह र सम्बन्ध विछेद

"म उनलाई तर्साउन चाहन्थेँ। मैले उनीसँग सम्बन्धविच्छेदको प्रस्ताव समेत राखेँ। तर उनले त्यो स्वीकार गरिनन्। मैले गल्ती गरेँ," नजाफीले न्यायिक अधिकारीहरूलाई भने।

३५ वर्षीय मीत्रा ओस्टाड ६७ वर्षीय नजाफीकी दोस्रो पत्नी थिइन्।

तेहरान

तस्बिर स्रोत, Getty creative stock

तस्बिरको क्याप्शन, नजाफी इरानको राजधानी तेहरानका पूर्व मेयर हुन्

इरानमा बहुविवाहलाई गैरकानुनी नमानिने भए पनि नजाफीको दोस्रो विवाहले उनको सुधारवादी छविलाई असर पारेको थियो।

बहुविवाह गर्ने प्रचलन गाउँमा सामान्य मानिने भए पनि सहरका शिक्षित वर्गमा भने यस्तो प्रचलन कम हुँदै गएको छ।

एक सफल राजनीतिज्ञ हुनुका साथै उनी परिचित विद्वान थिए जसले अमेरिकाको प्रख्यात विश्वविद्यालय एमआइटीमा अध्ययन गरेका थिए।

उनका केही सुधारवादी धारका साथीहरू उनको दोस्रो विवाह गर्ने निर्णयमा सहमत थिएनन्।

सात महिना अघि तेहरानको मेयरको पदबाट राजीनामा गर्नुको पछाडि पनि यही विषयमा भएको आलोचना प्रमुख कारण रहेको बताइएको छ।

शवको खोजी

ओस्टाडको मृत शरीर उत्तरी तेहरानको एउटा अपार्टमेन्टको सातौँ तलामा फेला परेको थियो। उनका १३ वर्षीय छोराले शव फेला पारेको बताइएको छ।

उनी नजाफी र ओस्टाडका सन्तान भने होइनन्।

कलिलो उमेरमै मानसिक आघातमा परेका बालकसँग पनि इरानका सञ्चारमाध्यमले अन्तर्वार्ता लिए।

ओस्टाडको मृत्युपश्चात् सामाजिक सञ्जालमा किन गोली चलाइएको हुनसक्छ भन्ने विषयमा विभिन्न किसिमका अनुमान गरिएका थिए।

सम्बन्धविच्छेद गरे वा पूर्वपत्नी वा उनको परिवार सँग नजिकको सम्बन्ध राखे आफूलाई बरबाद गरिदिने धम्की ओस्टाडले दिएको नजाफीले बताएका छन्।

स्वीकारोक्ति

नजाफी प्रहरी कार्यालयमा पुगेको भोलिपल्ट बिहान छायाङ्कन गरिएको स्वीकारोक्ति प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा निकै सङ्घर्ष पछि पत्नीको हत्या गरेको उनले स्वीकार गर्छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

"पत्याउनै गाह्रो छ। कहिलेदेखि र कुन कानुनको आधारमा अभियुक्तसँग अदालती प्रक्रिया सुरु हुनुभन्दा अघि अन्तरवार्ता लिइएको हो र उनको बयान बजाइएको हो?" ट्रविटर प्रयोगकर्ता मोएन खाजाएलीले लेखे।

उक्त भिडिओमा ‍नजाफीले आफूहरूबीच लामो समयदेखिको विवाद उत्कर्षमा पुगेको बताएका थिए।

"मैले केही हदसम्म होस गुमाएँ। मैले हतियार उठाएँ र उनी शौचालयतर्फ गइन्। मैले उनलाई पच्छयाएँ। मेरो चाहना उनलाई तर्साउने थियो। मैले हतियार तेर्स्याउदै तिमीलाई यो कुराकानी टुङ्ग्याउन मन छ कि छैन भनेर सोधे। उनी आत्तिएर मसँग अल्झिन पुगिन्। उनी हुत्तिएर मतिर आइन्। हतियार तयार थियो।"

विवाह अघिनै स्वीकार गरिए अनुरूप एक हजार ६२ वटा सुनको सिक्का दिने प्रस्ताव समेत गरेको नजाफीले बताए।

तर ओस्टाडले मानिनन्।

"मनोवृत्तिमा परिवर्तन नहुनुले उनलाई आफ्नो जीवन गुमाउन र मलाई यस्तो गल्ती गर्न उक्सायो," उनले थपे।

प्रहरीको भूमिका

उक्त प्रसारणको सबैभन्दा विचित्र पक्ष भनेको संवाददातालाई नफाजीसम्म दिइएको पहुँच हो जसमा उनले हत्या गर्न प्रयोग गरिएको हतियार समेत समातेको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

"यो त्यही बन्दुक हो जसको प्रयोग गर्दै नजाफीले आफ्नो दोस्रो पत्नीको हत्या गरे। बन्दुकमा १३ गोली थिए (गन्ती सुरु गर्दै) एक, दुई, तीन, चार …. आठ ! उनले पाँच पटक गोली हाने, जसमध्ये दुईवटा पीडितलाई लाग्यो भने तीन गोली भित्तामा ठोक्कियो," संवाददाता भन्छन्।

लन्डनस्थित मानव अधिकार अभियन्ता सहिद साद्रले आपराधिक घटनाको छानबिनमा इमान्दारी नदेखाएको भन्दै प्रहरीको निन्दा गरेका छन्।

"हत्याका लागि प्रयोग गरिएको हतियार सिलबन्दी नगरी घटनामा संलग्न नभएका अरू दिन मिल्दैन," उनले भने।

बीबीसी मोनिटरिङको सहयोगमा