भारत निर्वाचन: नेपालमा चुनावको नतिजाप्रति किन धेरै चासो

छिमेकी राष्ट्र भारतमा मतगणना भइरहेको तल्लो सदन लोकसभा चुनावको सम्बन्धमा नेपालमा व्यापक चासो व्यक्त भइरहेको छ।
सात चरणमा करिब छ हप्ताको समयावधिमा मतदान भएको लोकसभाका कुल ५४२ सिटको प्रारम्भिक नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपीका लागि उत्साहजनक देखिएको छ।
मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको चुनावको प्रारम्भिक नतिजाको अर्थ सत्ताको बागडोर अर्को पाँच वर्षका लागि हिन्दू राष्ट्रवादी बीजेपीको हातमा आउने छ।
निर्वाचनको नतिजाले नेपाललाई पार्नसक्ने प्रभावका कारण भारतीय चुनावप्रतिको नेपालीहरूको चासोलाई विज्ञहरू स्वभाविक मान्छन्।
स्वाभाविक कि अस्वाभाविक?
भारतीय निर्वाचनप्रतिको चासोलाई कतिपयले स्वाभाविक रूपमै लिने गरेका छन् भने कतिपयले आवश्यकताभन्दा बढी नै चासोको रूपमा अर्थ्याउने गरेका छन्।
पत्रकार सुधीर शर्मा भारतीय चुनाव र त्यसको परिणामप्रति नेपालीहरूको चासो हुनुलाई अस्वाभाविक मान्दैनन्।
उनी भन्छन्, "अरू देशमा हुने चुनावप्रति पनि अलिअलि चासो हुन्छ नै।"
"तर भारत एकदमै नजिक भएकोले चुनावी परिमाण के कसो हुन्छ भनेर आमस्तरमा चासो हुन्छ र नीतिगत बदलाव आउँछ कि भनेर अलि बुझ्ने तहमा हुन्छ।"
तर के सरकार फेरिँदैमा नेपाल हेर्ने स्थायी नीति परिवर्तन हुन्छ?
स्थायी नीतिमा अहिले परिवर्तन नदेखिए पनि कुन कुरालाई प्राथमिकता दिने वा नदिने भन्ने कुरामा राजनीतिक नेतृत्वको भूमिका हुने उनी बताउँछन्।
शर्मा थप्छन्, "मोदी दोस्रो पटक सत्तामा आउँदा पहिलाभन्दा फरक हुन्छ कि, नेपालमा कतिपय धार्मिक मुद्दा उठ्ने गरेका छन् त्यसमा कुनै असर पर्छ कि, नेपालमा धर्मनिरपेक्षताका बारेमा बहस भइरहेको छ।"
"यस्ता कुरा र समग्र भारतको नीतिमा परिवर्तन हुन्छ कि भनेर चासो राख्नु स्वाभाविक नै हो।"

मोदीकै कार्यकालमा भारतले विनाशकारी भूकम्प लगत्तै नेपालमाथि नाकाबन्दी लगाएको थियो। सो घटनापछि धेरै नेपाली मोदीका आलोचक भएका थिए।
त्यसअघि आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको संसद्मा सम्बोधन गरेका र काठमाण्डूको सडकमा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएका मोदीले व्यापक प्रशंसा पाएका थिए।
भारतका लागि नेपालका पूर्वराजदूत दिपकुमार उपाध्यायको विचारमा भारतीय चुनाव र त्यसको नतिजाप्रति चासो राख्नु एक किसिमको प्रचलनजस्तै भएको छ।
भारतीय चुनावी नतिजामा धेरै चासो राख्नुभन्दा आफ्ना आन्तरिक मामिला र मुद्दामै ध्यान दिँदा राम्रो हुने उनको तर्क छ।
मोदी दोस्रो पटक सत्तामा आउँदा पहिलाभन्दा फरक हुन्छ कि... समग्र भारतको नीतिमा परिवर्तन हुन्छ कि भनेर चासो राख्नु स्वाभाविक नै हो।
भारतको चुनावी नतिजाप्रति नेपालमा अलि बढी नै चासो दिने गरिएकोमा जनकपुरस्थित राजनीतिकशास्त्री देवेन्द्र झा पनि सहमत छन्।
यद्यपि पारम्परिक सम्बन्ध र खुला सिमानाका कारण त्यो हदसम्मको चासो देखिएको उनको ठम्याइ छ।
अर्को कारणबारे झा अगाडि भन्छन्, "अर्को कुरा नेपालमा भारतको कूटनीतिक प्रभाव अलि बढी नै छ। त्यो प्रभावले गर्दा त्यताबारे यताका मानिसलाई उत्सुकता हुन्छ।"
राजनीतिकशास्त्री झाका अनुसार नेताविशेषको व्यक्तित्वबाट प्रभावित भएर पनि यताका कतिपयले फलानो नेता जितिदिए हुन्थ्यो भन्ने गरेका हुन्छन्।
सामाजिक सञ्जालमा चर्चा
भारतीय चुनावी नतिजाबारे सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी गरिएका छन्।
अन्तिम नतिजा सार्वजनिक नहुँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई पनि दिन भ्याइसकेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

त्यस्तै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बधाई दिएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

ट्विटरमा मीन राईले नतिजाले नेपाललाई अर्थ नराख्ने तर्क गरेका छन्। "जित जुनसुकै पार्टीको होओस् तर भारतको नेपाल अर्थात् छिमेकीप्रतिको दृष्टिकोण फेरिनेछैन।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

साहित्यकार नयनराज पाण्डेले मोबाइलमा भारतीय चुनावी परिणाम हेर्दै गरेका एक साधुका तस्वीर पोस्ट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4

पश्चिम बङ्गालमा वामपन्थी दलहरूको उपस्थितिबारे पत्रकार गिरीश गिरीले व्यङ्ग्यात्मक प्रश्न गरेका छन्, "पश्चिम बङ्गालका कम्युनिष्टहरू कता हराएछन्, कि भएभरका वामपन्थीहरू 'रामपन्थी' भए?"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5

समाजशास्त्री सुरेश ढकालले भारतको उत्तरतिर बढ्दो दक्षिणपन्थी 'झुकाव' देखियो भन्दै ट्वीट गरेका छन्।
"भारतको उत्तरतिर बढ्दो दक्षिणपन्थी 'रुझान' देखियो। त्यो उत्तरी भारतीय सिमाना नाघेर अझै उत्तरतिर बढ्छ त? भारत-नेपाल भाइ-भाइ भन्छन् के रे!"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6

अर्का ट्विटर प्रयोगकर्ता गौरव पोखरेलले दोस्रो पटक मोदी निर्वाचित भए उनी फेरि नेपाल आउन सक्ने भन्दै व्यङ्ग्य गरेका छन्।
"अब फेरि मोदी नेपाल आउने होलान्, लुम्बिनी जान बाँकी छ क्यार!"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 7












