भारत निर्वाचन: एक्जिट पोलमा देखिएको बीजेपीको अग्रता विपक्षीद्वारा खण्डन

भारत निर्वाचनका मतदाता

तस्बिर स्रोत, EPA

आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन्।

एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम निर्वाचनमा विजयी हुने बाटोमा देखिएको जनाएका छन्। पश्चिम बंगाल राज्यकी मूख्यमन्त्री तथा अल इण्डिया तृणमूल कंग्रेसकी नेतृ ममता ब्यानर्जीले एक्जिट पोलका नतिजालाई कोरा गफ भन्दै आफूले त्यसमा विश्वास नगर्ने भन्दै ट्वीट गरेकी छन्। उनले आफ्नो ट्वीटमा सबै विपक्षी पार्टिलाई एकताबद्ध हुन आह्वान पनि गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

आइतबार सार्वजनिक भएका चार विभिन्न एक्जिट पोलहरूले बीजेपी नेतृत्वको गठबन्धन, न्याशनल डिमोक्र्याटिक एलाएन्स (एनडिए) ले ठूलो परिमाणमा जित हासिल गर्ने अनुमान गरेका थिए। ति पोलहरूका अनुसार उक्त गठबन्धनले २८० देखि ३१५ सम्म सिट जित्नसक्ने सम्भावना छ। त्यो विपक्षी कंग्रेस पार्टिको भन्दा निकै नै धेरै हुने बताइएको छ।

मतदान यन्त्रमा लाहाछापा लगाइंदै

तस्बिर स्रोत, Reuters

बीजेपीले त्यस्तो पूर्वानुमानको स्वागत गरेको छ र सो पार्टिका थुप्रै नेताहरूले सामाजिक सञ्जालमा आफ्ना कार्यकर्ताहरूको मेहनतलाई बधाइ दिएका छन्।

यस्को महत्व किन छ?

एक्जिट पोलका नतिजालाई सावधानीपूर्वक लिइनु पर्छ किनकी विगतमा ति गलत पनि सावित भएका छन्। यो तथ्यलाई केही विपक्षी नेताहरूले जोड दिएका छन्।

विपक्षी कंग्रेस आइका एकजना चर्चित नेता तथा भूतपूर्व मन्त्री शशी थरुर भन्छन् एक्जिट पोलहरू सबै गलत छन्। गत सप्ताहान्तमा अष्ट्रेलियाको आम निर्वाचनको नतिजाका बारे ५६ वटा विभिन्न एक्जिट पोलहरू गलत भएको उनले ट्वीटमा उल्लेख गरेका छन्। शशी थरुरले वास्तविकत नतिजाका लागि आफूले २३ मेसम्म प्रतिक्षा गर्ने पनि बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

आन्ध्र प्रदेशका मूख्यमन्त्री तथा तेलुगु देशम पार्टिका नेता एन चन्द्रबाबु नाइडुले ट्वीटरमा लेखेका छन्, "एक्जिट पोलहरूले बारम्बार जनताको धारणा प्रस्तुत गर्न चुकेका छन्। एक्जिट पोलहरू गलत सावित भएका छन् र थुप्रै घटनामा वास्तविकताभन्दा निकै परको पूर्वानुमानहरू भएका छन्।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

निर्वाचनका क्रममा बीजेपी र कंग्रेस तथा अन्य विभिन्न राज्यका केही क्षेत्रिय दलहरूबीच चर्को प्रतिस्पर्धा भएको थियो। तर प्रारम्भिक वैचारिक मत सर्वेक्षणहरूले विपक्षीको चुनावी रणनीति असफल भएको तर्फ संकेत गरेका छन्।

सबैभन्दा आश्चर्यजनक पूर्वानुमान अगुवा राज्य उत्तर प्रदेशबाट आएको देखिएको छ, जस्ले सबैभन्दा धेरै ८० सदस्यलाई केन्द्रीय संसदमा पठाउने गर्दछ।

बीजेपी प्रचार र्याली

तस्बिर स्रोत, Getty Images

त्यसैले यो राज्यको नतिजाले भावी सरकार कस्ले बनाउँछ भन्ने विषयमा मूख्य भूमिका खेल्ने गर्दछ।

विश्लेषकहरूले सो राज्यमा यसपटक बीजेपीलाई शक्तिशाली क्षेत्रीय पार्टिहरूले पाराजित गर्ने अनुमान गरेका थिए। सन् २०१४ को आम निर्वाचनमा उत्तर प्रदेशबाट बीजेपीले ७१ सिट जितेको थियो।

तर धेरै जस्तो एक्जिट पोलहरूले उत्तर प्रदेशमा बीजेपीको प्रदर्शन पहिले अनुमान गरिएभन्दा निकै राम्रो हुने सङ्केत गरेका छन्। एउटा मात्र एक्जिट पोल, नील्सन-एबीपी पोल, ले मात्र त्यहाँ बीजेपीले ५१ भन्दा बढी सिट गुमाउन सक्ने देखाएको छ। र यो एक मात्र एक्जिट पोलले आमनिर्वाचनमा बीजेपी नेतृत्वको गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्न नसक्ने जनाएको छ।