ब्ल्याकपिङ्क: युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो कोरियाली म्युजिक भिडिओ

ब्ल्याकपिङ्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ब्ल्याकपिङ्कका सदस्य जिसू, जेनी, लोझे र लिसा
Published
पढ्ने समय: १ मिनेट

दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ।

'किल दिस लभ' नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ।

युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो।

यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको छ।

यो YouTube पोस्ट छोड्नुहोस्
Google YouTube को सामग्रीलाई अनुमति छ?

यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

YouTube पोस्ट समाप्त

Presentational grey line

यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडिओले सर्वाधिक हेरिएको कीर्तिमान बनाएका छन्।

युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडिओ

  • १. ब्ल्याकपिङ्क - किल दिस लभ, पाँच करोड ६७ लाख
  • २. आरियाना ग्रान्डे, थ्याङ्कयु नेक्स्ट, पाँच करोड ५४ लाख
  • ३. बीटीएस - आइडल अफिशल, चार करोड ५९ लाख
  • ४. टेलर स्विफ्ट - लुक ह्वाट यू मेड मी डु, चार करोड ३२ लाख
  • ५. एमिनेम - किलसट, तीन करोड ८१ लाख

सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन्।

ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो।

यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा 'डु डु डु' भिडिओ युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडिओ बनेको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्