भ्यागुताको यौन सम्बन्धबाट लोपोन्मुख प्रजातिको भविष्यबारे जागेको आशा

भिडिओ क्याप्शन सुरु हुँदैछ, लोप हुन लागेको भ्यागुताको मिलन

बोलिभियामा भेटिएको रोमियोलाई पानीमा पाइने ‘सेह्वन्कास वाटर फ्रग' प्रजातिको अन्तिम भ्यागुतो भन्ठानिएको थियो।

तर लामो समयपछि सोही प्रजातिका अरू भ्यागुताहरू फेला परे।

वैज्ञानिकहरूले रोमियोको मिलन तीमध्येकी एउटी पोथीसँग गराइदिए। उसलाई जुलियट नाम दिइएको छ।

पहिलो पटक भेट गरेपछि रोमियो र जुलियटले धेरै चोटि यौन सम्पर्क गरेका छन्।

उनीहरूको यो घनिष्ठताले लोप हुन लागेको सो प्रजातिको भविष्यबारे वैज्ञानिकहरू केही आशावादी देखिएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: