चीनियाँ सङ्गीतकार अब्दुरेहिम हेयितको 'मृत्यु नभएको' देखाउने भिडिओ सार्वजनिक

हेयित

तस्बिर स्रोत, CRI

पढ्ने समय: १ मिनेट

हिरासतमै मृत्यु भएका भनिएका उइगर सङ्गीतकार जीवितै रहेको देखिने भिडिओ चिनियाँ सरकारी सञ्चार माध्यमले सार्वजनिक गरिदिएको छ।

फेब्रुअरी १० तारिखमा खिचिएको त्यो भिडिओमा अब्दुरेहिम हेयित जीवितै रहेको र उनले आफ्नो 'स्वास्थ्य राम्रो' रहेको बताएको देख्न सकिन्छ।

यसअघि टर्कीले अब्दुरेहिमको हिरासतमा मृत्यु भएको भन्दै चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तका बन्दीगृहहरू बन्द गर्न चीनलाई आह्वान गरेको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरन्याशनलको तुर्केली भाषा सेवाले अब्दुरेहिम हेयित बोलिरहेको भिडिओ सार्वजनिक गर्दै उनको मृत्यु भएको दाबीका साथ चीनको आलोचना गर्ने टर्कीको कदममा कुनै तुक नभएको बताएको थियो।

त्यो भिडिओमा हेयितले आफूले देशका कानुन मिचेको अभियोगमा अनुसन्धान भइरहेको बताइरहेको जस्तो सुनिन्छ।

आशङ्का किन?

तर हेयित जीवितै देखिने भिडिओ कत्तिको सही हो भन्नेबारे सिन्जियाङका मुस्लिम उइगर समुदायका मानिसहरूले प्रश्न उठाएका छन्।

अमेरिकास्थित उइगर मानव अधिकार आयोजनाकी अध्यक्ष नुरी तुर्केलले त्यो भिडिओका केही पक्ष 'शङ्कास्पद' रहेको बीबीसीलाई बताएकी छन्।

उइगर

तस्बिर स्रोत, Getty Images

मुस्लिम समुदायका उइगरहरू टर्कीको भाषासँग मिल्दोजुल्दो भाषा बोल्छन् र उनीहरू चीनको पश्चिम उत्तरी सिन्जियाङ क्षेत्रमा बसोबास गर्छन्।

टर्कीसँग भाषा र संस्कृति मिल्ने हुनाले थुप्रै उइगरहरू हालैका वर्षहरूमा चीनबाट भागेर टर्की गएका छन्।

उनीहरूका क्रियाकलापमाथि चीनले हालैका वर्षहरूमा कडा निगरानी राख्दै आएको छ।

टर्कीको विदेश मन्त्रालयले बन्दीगृहमा राखिएका उइगरहरूलाई यातन दिइएको भन्दै चिन्ता व्यक्त गरेपछि चीन र टर्कीबीच तनाव देखिएको छ।