ऐतिहासिक जितपछि नेपाली क्रिकेटलाई बधाईको ओइरो

तस्बिर स्रोत, RAMAN SIWAKOT
नेपालले युएईविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेसँगै राष्ट्रिय क्रिकेट टोलीलाई बधाईको ओइरो लागेको छ।
राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनेमा राजनीतिक दलका नेताहरूदेखि क्रिकेटका प्रशंसकसम्म छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई दिँदै भनेका छन्, "नेपाली क्रिकेटमा इतिहास रचेर सारा नेपालीलाई खुशी दिएकोमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत तमटा, कप्तान पारस खड्का र सदस्यहरूप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गर्दछु।"
नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र हेलो सरकारले पनि ट्विटरमार्फत् बधाई दिएको छ।
हौसला
उसले लेखेको छ, "युएईबाट फेरि खुशीको खबर आएको छ। नेपालले आफ्नो पहिलो टी-२० क्रिकेट शृङ्खला जितेको छ। यो जितले नेपाली क्रिकेटलाई थप हौसला दिएको छ। बधाई टीम नेपाल!"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि नेपालको जितसम्बन्धी समाचार ट्विटरमा शेयर गर्दै राष्ट्रिय टोलीलाई बधाई दिएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि बधाई दिँदै ट्वीट गरेका छन्।
"युएईविरुद्धको टी- ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जित्न सफल नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। युएईविरुद्ध एकदिवसीय सिरिजममा समेत विजयी भएको नेपालका लागि टी-ट्वान्टी सिरिजको जित अर्को ऐतिहासिक सफलता हो।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
क्रिकेट प्रशंसकहरूले पनि राष्ट्रिय टोलीको प्रशंसा गर्दै बधाई दिएका छन्।
पत्रकार मणि दाहालले लेखेका छन्, "अस्तिसम्म नेपालमा बलर मात्रै छन् जस्तो लाग्थ्यो। अहिले सबै ब्याट्सम्यान मात्रै देख्न थालेको छु।"
अर्का ट्विटर प्रयोगकर्ता डा. कमल अर्यालको ट्वीट छ, " देशले जित्दा सबै खुशी हुने नै रहेछन। आखिर कहिले बुझ्ने यस्तो कुरा ओहोदामा बसेकाहरूले? सुपर एक्साइटेड।"
ठट्यौली पारामा गौरव पोखरेलले लेखेका छन्, "आज नि युएईलाई जिताउन सकिएनछ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
जितपछि सबैप्रति धन्यवाद ज्ञापन गर्दै कप्तान पारस खड्काले पनि ट्वीट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
वन्दना राणा लेख्छिन्, "बधाई छ टिम नेपाल। गर्व छ तपाईँहरूप्रति!"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5
इतिहास
दुबईमा नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याएको युएई ९० रनमा सीमित भएपछि नेपालले पहिलो पटक ऐेतिहासिक टी-२० प्रतियोगितामाथि पनि कब्जा जमाएको हो।
यो जितसँगै नेपालले युएई भ्रमणबाट थु्प्रै सफलता हात पारेको छ। टोलीले पहिलो पटक एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय शृङ्खला दुवै जित्न सक्यो।
पारस खड्काले पहिलो एकदिवसीय शतक प्रहार गरे।
रोहित पौडेल एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी बने भने २० ओभरमा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान सन्दीप जोराको नाममा रह्यो।
एकदिसीय शृङ्खला खेलेसँगै नेपाल एकदिवसीय वरीयतामा पनि समावेश भएको छ।








