क्रिकेट विश्वकप ट्रफीको नेपाल यात्रा

क्रिकेट लोकप्रिय भएका देशहरूको यात्राका क्रममा नेपाल आइपुगेको आइसीसीको विश्वकप ट्रफीको केही यात्रा झलक।

आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, अर्कोवर्ष इङ्ल्याण्ड र वेल्समा हुने आइसीसी क्रिकेट विश्वकप विजेताले पाउने ट्रफीलाई क्रिकेट लोकप्रिय भएका मुख्य देशहरूमा घुमाउने क्रममा नेपाल ल्याइएको छ।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, विश्वकप सुरु हुनु अगाडि ‘ट्रफी टुर’ वा यात्रा गराउने प्रचलन अनुरूप यो वर्ष ५ महादेशका २१ देश र ६० वटा सहरमा यसलाई घुमाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको योजना अहिलेसम्मकै महत्त्वाकांक्षी मानिएको छ। नेपालमा पहिलो दिन विश्व सम्पदा सूचीमा रहेको काठमाण्डूको स्वयम्भूबाट यसको यात्रा सुरु गरिएको थियो।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, आइसीसीको मुख्यालय रहेको दुबईबाट सुरु भएको यात्राका क्रममा ट्रफी पुगेको नेपाल सातौं राष्ट्र हो। यसको अवलोकन गर्न काठमाण्डूको बसन्तपुरमा जम्मा भएको भिड।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, पर्टकीय सहर पोखरामा नेपाली क्रिकेट कप्तान पारस खड्का र खेलाडी सन्दीप लामिछानेले ट्रफी प्रदर्शन गरेका थिए।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, चार दिनसम्म नेपालमा गरिएको प्रदर्शनका क्रममा आइसीसीले चन्द्रागिरी जस्तै पर्यटकीय र साँस्कृतिक महत्त्व बोकेका स्थानहरूलाई रोजेको थियो।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, सगरमाथाको आधार शिविरसम्म ट्रफी पुर्‍याउने योजना भएपनि मौसमका कारण त्यहाँ नलगिएको बताइएको छ। विश्वकप ट्रफीका साथ नेपालका क्रिकेट अम्पायरहरू।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइसीसी ट्रफी प्रदर्शन गरेकी थिइन्।
आइसीसी ट्रफी
तस्बिरको क्याप्शन, नेपालमा क्रिकेट खेल निकै लोकप्रिय छ। केही समययता उमेर समूहका प्रतियोगिताहरूमा नेपालले राम्रै प्रदर्शन गरिरहेको छ। तर अझ पनि अन्तर्राष्ट्रियस्तरको क्रिकेटमा नेपाल कमजोर नै रहँदै आएको छ।