नेपालको आफ्नै मुद्रा चलनचल्तीमा ल्याउन कसरी सम्भव भयो
नेपालमा केन्द्रीय ब्याङ्कको रूपमा राष्ट्र ब्याङ्कको स्थापना विक्रम सम्वत् २०१३ सालमा भएको हो।
त्यतिखेर नेपालभित्रै पनि नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँ बढ्ता चलनचल्तीमा थियो। त्यो बेला स्थापित राष्ट्र ब्याङ्कको प्रमुख उद्देश्य नै देशभित्र देशकै मुद्राको चलनचल्ती पूर्ण स्थापित गर्नुरहेको थियो।
त्यो उद्देश्य हासिल गर्न कत्तिको चुनौतीपूर्ण थियो? यो प्रश्न हामीले त्यतिबेला राष्ट्र ब्याङ्क हाँक्ने जिम्मा पाएका पहिलो गभर्नर हिमालय शमशेर जबरालाई सोधेका थियौँ।