खानेकुरा जोगाउने प्रयास
अफ्रिकामा हरेक वर्ष ३० करोड मानिसलाई पुग्ने खानेकुरा खेर फालिन्छ।
युगान्डाका एक विद्यार्थीले यो समस्यासँग जुध्न एउटा घरेलु उपकरण बनाएका छन्।
लरेन्स ओकेतायोतले फलफूल तथा तरकारी सुकाउन ‘स्पार्की ड्रायर’ बनाएका छन्। यो उपकरण बिजुलीबाट नभएर बगैँचामा जम्मा भएको फोहरबाट चल्छ।
यसले फलफूल तथा तरकारी खेर जाने समस्या हल गर्ने उनको विश्वास छ।
बीबीसी रिपोर्ट (भिडिओ)