महानगरमा बजेट: शौचालयदेखि मोनोरेलसम्मका योजना

नेपालमा छवटा महानगरपालिका छन्।
करिब एक वर्षअघि निर्वाचन भएर जनप्रतिनिधि आएपछि तिनले आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट आ-आफ्ना नगरसभामा प्रस्तुत गरेका छन्।
उनीहरूका मुख्य नीति, योजना र परियोजना के हुन्?
बजेटको आकारका आधारमा क्रमश: -
१.काठमाण्डू महानगरपालिका
मुख्य योजना
- वायुप्रदूषण नियन्त्रण
- सडक सुरक्षा
- ढुङ्गेधारा संरक्षण
- मोनोरेल, विद्युतीय बस, आकाशेपुल, सार्वजनिक शौचालय लगायतको डीपीआर तयार पार्ने
- हनुमानढोका-स्वयम्भू जोड्ने पदमार्ग निर्माण
२.पोखरा-लेखनाथ महानगरपालिका

मुख्य योजना
- तीन मुख्य ताल फेवा बेगनास र रूपा जोड्ने गरी मोनोरेल सञ्चालन गर्न संभाव्यता अध्ययन
- महानगरभित्रका तालहरूको संरक्षण र फेवातालमा जाने ढल तर्काउने गरी ढल निर्माण
- स्मार्ट सिटी निर्माणका लागि महानगरका ११ ठाउँमा मेट्रो भिलेज निर्माण
- सौर्य ऊर्जाका माध्यमबाट महानगर उज्यालो कार्यक्रम सञ्चालन
- जग्गाको खण्डीकरण रोक्ने नीति
- साहसिक पर्यटन
- बाहिरी चक्रपथ निर्माण
३.वीरगन्ज महानगरपालिका

मुख्य योजना
- ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार बनाएर वीरगन्ज विश्वविद्यालय
- महानगरमा रहेका मुख्य नालाहरूलाई ढाकेर वैकल्पिक बाटोको निर्माण
- सिर्सिया करिडोर निर्माणको लागि कार्य प्रारम्भ गरिने
- यातायात गुरुयोजना, वीरगन्जमा चक्रपथ निर्माण, पुरानो बसपार्कमा व्यापारिक भवन
- 'बेटी बचाई, बेटी पढाई' अभियान
- भोजपुरी भाषालाई सरकारी सरहको कामकाजी भाषा बनाउने
- आधुनिक बसपार्क निर्माण
४. विराटनगर महानगरपालिका

मुख्य योजना
- दुई दशकदेखि अलपत्र अवस्थामा रहेको विराटनगर चक्रपथ निर्माण
- विशेष आर्थिक क्षेत्र र औद्योगिक प्रदर्शनीस्थल निर्माण
- अन्तर्राष्ट्रिय खेलमैदान
- विराटनगर विमानस्थलको स्तरोन्नति
- विराट राजाको दरबारको संरक्षण गरी विश्वसम्पदा सूचीमा राख्ने पहल
- नगर बस सञ्चालन
- प्लास्टिक झोलामुक्त महानगर बनाइने
५. ललितपुर महानगरपालिका

तस्बिर स्रोत, lalitpur metropolitan office
मुख्य योजना
- पूर्वाधारमा सडक, ढल, पार्क, ट्राफिक व्यवस्थापन
- विद्यालका जीर्ण र नयाँ भवन निर्माण पूरा गर्ने
- अस्पताल र स्वास्थ्य चौकीमा औषधि नियमित पार्न समयमै पर्यटकीय गुरुयोजना पूरा गर्ने
- पर्यटकमैत्री ऐतिहासिक र सांस्कृतिक पूर्वाधार तयार पार्ने
- करका दर व्यवस्थित र फराकिलो पारिने
- बहुवर्षीय प्रणालीमा सडक योजना
६. भरतपुर महानगरपालिका

मुख्य योजना
- महानगर क्षेत्रमा चक्रपथ निर्माण
- सहायक राजमार्ग निर्माण
- अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान
- तीनवटा आकाशेपुल
- नारायणी नदीको किनारामा पार्क








