विश्वकप: दुर्व्यवहार प्रयासको महिला पत्रकारद्वारा प्रतिकार

चुम्बनको प्रयास

तस्बिर स्रोत, @GLOBOESPORTECOM

रुसबाट विश्वकपबारे टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै गर्दा आफूलाई चुम्बन गर्न आउने एक व्यक्तिको ब्राजिलकी एक पत्रकारले सशक्त प्रतिकार गरेकी छन्।

आइतवार जापान र सेनेगलको खेल हुँदा जुलिया गिमारइस एकाटरिन्बर्गमा थिइन्। टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदा नै उनलाई ती अपरिचित व्यक्तिले चुम्बन गर्न खोजेका थिए।

त्यस्तो प्रयासबाट आफूलाई जोगाउँदै गिमारइसले ती व्यक्तिलाई झपारिन्।

"यस्तो नगर्नुहोस्! यस्तो फेरि कहिल्यै पनि नगर्नुहोस्। ओके!" भनेर उनी चिच्याएपछि ती व्यक्तिले क्षमायाचना गरेको भिडिओमा सुनिन्छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

त्यसपछि पनि उनले "म तपाईँलाई त्यस्तो गर्ने अनुमति दिन्नँ......। यो शिष्ट छैन, यो उचित छैन। एउटी महिलासँग कहिल्यै यस्तो नगर्नुहोस्। सम्मान गर्नुहोस्" भन्दै त्यो गतिविधिको प्रतिकार गरिन्।

'दुईचोटि'

टीभी ग्लोबो र स्पोर्टटीभीमा काम गर्ने ती पत्रकारले ब्राजिलमा आफूसँग कहिल्यै त्यस्तो व्यवहार नभएको तर रुसमा दुईचोटि त्यस्तो घटना भएको भनेर ट्वीट गरेकी छन्।

यसअघि मस्कोमा रुस र इजिप्टको खेल हुँदा पनि आफूसँग दुर्व्यवहार भएको उनले बताएकी छन्।

गत हप्ता मस्कोमा पनि एक कोलम्बियाली पत्रकारसँग दुर्व्यवहार भएको थियो।

टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै गर्दा एक अपरिचित व्यक्तिले उनको छाती समातिदिएका थिए।

गत मार्च महिनामा ब्राजिलमा महिला पत्रकारले आफूसँग हुने यौनदुर्व्यवहारविरुद्ध एउटा अभियान चलाएका थिए।

गिमारइसले ब्राजिलमा यौनदुर्व्यवहार हुने गरेको भए पनि व्यक्तिगत रूपमा आफूले त्यो नभोगेको ग्लोबो एस्पोर्तेलाई बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, समर्थकका अनुहारमा विश्वकप

यी सामग्री पनि हेर्नुहोस्