म महिला हुँ त के भो: धिमे बजाउने महिला
झन्डै २० वर्षअघि भक्तपुरकी इन्दिरा लाछिमस्यूले सामाजिक मान्यतालाई चुनौती दिँदै नेवार समुदायमा विशेष अवसरमा बजाइने धिमे बजाउन थालिन्।
उनी अहिले अरू महिला र नयाँ पुस्तालाई पनि धिमे बजाउन सिकाउँछिन्। र, यही बाजा उनको व्यक्तित्व चिनाउने अभिन्न पाटो बनेको छ।
यो सामग्री 'म महिला हुँ त के भो' शृङ्खलाका लागि बनाइएको हो।
(भिडिओः मतिना त्वानाबासु)