शौका समुदायको पहिरन

सुदुरपश्चिमको दार्चुलामा झण्डै दुई हजार हाराहारीको जनसंख्या रहेको शौका समुदायको विशिष्ट किसिमको संस्कृति र भेषभुषा रहेको छ।

शौका
तस्बिरको क्याप्शन, प्रदेश सातको दार्चुलामा अल्पसंख्यक शौका समुदायको बसोबास रहेको छ।
शौका
तस्बिरको क्याप्शन, यो समुदायका अलग्गै भाषा र भेषभुषा रहेको छ। महिलाहरूले लगाउने पोशाकलाई चुङ्बाला भनिन्छ।
शौका
तस्बिरको क्याप्शन, शौका समुदायका महिलाहरूले लगाउने चाँदीबाट निर्मित मौलिक किसिमको हारलाई चन्द्रहार भनिन्छ।
शौका
तस्बिरको क्याप्शन, दार्चुलामा झण्डै दुई हजार शौका समुदायका मानिसहरू रहेको स्थानीय अगुवाहरू बताउँछन्।
शौका
तस्बिरको क्याप्शन, शौका समुदायका व्यक्तिहरूले लगाउने पोशाक उनीहरू आँफै बनाउँछन्। उनीहरूका पोशाक ऊनले बुनिएका हुन्छन्।
शौका
तस्बिरको क्याप्शन, यो समुदायका मानिसहरू चाडबाड र विशेष समारोहहरूमा परम्परागत पोशाक लगाउने गर्छन्।
शौका
तस्बिरको क्याप्शन, महिलाहरूले परम्परागत पोशाकसँगै रङ्गीचङ्गी गहना लगाउने गर्छन्। अधिकांश गहना चाँदीबाट बनेका हुन्छन्।
शौका
तस्बिरको क्याप्शन, शौका समुदायका महिलाहरूले लगाउने जुत्तालाई बप्चे भनिन्छ र यो तिब्बतबाट ल्याउने गरिन्छ।
शौका
तस्बिरको क्याप्शन, शौका महिलाहरूको फुली पनि विशेष किसिमको हुन्छ। तिनलाई विरा भन्ने गरिन्छ।