मोदीको स्वागतमा जनकपुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न विगत दुईसातादेखि जनकपुरका मुख्य चोकस्थित पर्खालहरूमा विभिन्न खाले मिथिला सभ्यताका चित्रहरू कोरिएका छन्। (तस्बिरहरू: उमाकान्त खनाल)

मिथिला आर्ट
तस्बिरको क्याप्शन, जनकपुरधाममा बनेका मिथिला चित्रकलामा रामायणमा आधारित घटनाहरुलाई देखाउन खोजिएको सर्वसाधारण बताउँछन्। राम सीताको विवाहलाई पनि चित्रमा उतारिएको छ।
मिथिला आर्ट
तस्बिरको क्याप्शन, अहिले जनकपुरधाममा कोरिएका चित्रकलालाई अन्तिम रुप दिँइदैछ। कलाकारहरु भन्छन्, उनीहरुले इतिहासका कुरालाई कल्पना गर्दै चित्र कोर्ने गरेका छन्।
मिथिला आर्ट
तस्बिरको क्याप्शन, जनकपुरस्थित अंगराज पोखरी लगायत विभिन्न स्थानका पर्खालमा हिन्दु संस्कृतिका चित्र कोरिएका छन्। यी पोखरीको संरक्षणका लागि सर्वासाधारणले जोड दिएका छन्।
जनकपुर
तस्बिरको क्याप्शन, जनकपुरधाममा भगवान राम र राजा जनककी पुत्री सीताबीच स्वयम्बर भएको धार्मिक विश्वास छ। रामायण धर्मग्रन्थका अनुसार हालको जनकपुरमा राजा जनकको दरबार रहेको थियो।
मिथिला आर्ट
तस्बिरको क्याप्शन, राजा जनक जोत्न जाँदा खेतमा सीता प्रकट भएको भन्ने विश्वास गरिन्छ। त्यस्ता मिथिला किंवदन्ती तस्बिर पर्खालहरूमा कोरिएका छन्।
मिथिला आर्ट
तस्बिरको क्याप्शन, मिथिला चित्र संरक्षणमा महिलाहरूले धेरै योगदान दिने गरेको बताइन्छ। उनीहरू जस्तो सुकै परिस्थितमा पनि केही समय चित्र कोर्न लाग्ने गरेका छन्।
मिथिला आर्ट
तस्बिरको क्याप्शन, जनकपुर धामको राम जानकी मन्दिर जनक पुत्री सीताको जन्मस्थलमा बनेको भन्ने जनकपुरबासीको विश्वास छ। ठूलो संख्यामा हिन्दु धर्मावलम्बी दर्शनका लागि जनकपुर जाने गर्छन्।
मिथिला आर्ट
तस्बिरको क्याप्शन, सीताले शिव धनुष उचालेका कारण त्यस्तै शक्तिशालीसँग विवाह गरिदिने राजा जनकको निर्णय अनुरुप उक्त शिव धनुष उचाल्ने रामसंग सीताको विवाह भएको धार्मिक विश्वास छ।