‘पारमाणविक सम्झौताबाट पछि हटे पश्चात्ताप’

तस्बिर स्रोत, AFP
Published
इरानका राष्ट्रपति हसन रुहानीले उनको मुलुकसँगको पारमाणविक सम्झौताबाट अमेरिका पछि हटे उसले पश्चात्ताप गर्नुपर्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौताबाट हात झिक्ने औपचारिक घोषणा केही दिनमै गर्दैछन्।
त्यस्तो अमेरिकी तयारीको रुहानीले चर्को आलोचना गरेका छन्।
प्रतिक्रिया
उनले अमेरिकाको जस्तोसुकै कदमको प्रतिवाद गर्न इरान तयार रहेको बताएका छन्।
तर उनले इरानी प्रतिक्रिया कस्तो हुनेछ भन्नेबारे चाहिँ विस्तृत खुलाएनन्।
फ्रान्स र रुससहित पारमाणविक सम्झौताका अन्य हस्ताक्षरकर्ताहरूले भने उक्त सम्झौताको समर्थन गरिरहेका छन्।
ब्रिटिश विदेशमन्त्री बोरिस जन्सन उक्त सम्झौताबारे छलफल गर्न अहिले वासिङ्टनमा छन्।
उनले पारमाणविक सम्झौताबाट हात नझिक्न ट्रम्प प्रशासनलाई मनाउन कोसिस गर्ने ठानिएको छ।




















