मुस्ताङको चौँरी मेला

Published

पश्चिम नेपालको धवलागिरि अञ्चलमा पर्ने मुस्ताङ जिल्लामा वर्षमा दूई पटक लाग्ने चौँरीको आलो रगत पिउने मेला कृषकहरूको आम्दानीको राम्रो स्रोत बन्न थालेको छ।

चौँरी
तस्बिरको क्याप्शन, हरेक वर्ष वैशाख र साउन महिनामा मुस्ताङमा चौँरीको आलो रगत पिउने मेला लाग्ने गरेको छ।
चौँरी
तस्बिरको क्याप्शन, मेलाका अवसरमा जिल्लाका उच्च हिमाली क्षेत्रहरूमा स्थानीयवासीले पालेका चौँरीहरूलाई तल ल्याइन्छ।
चौँरी
तस्बिरको क्याप्शन, यो मेला चौँरी पाल्ने कृषकहरूका लागि आम्दानीको राम्रो स्रोत बन्न थालेको स्थानीय कृषकहरू बताउँछन्।
चौँरी
तस्बिरको क्याप्शन, चौँरीको घाँटीमा सुइरो रोपेर निकालिने रगत मेला हेर्न आउने मानिसहरूले पिउने गर्छन्।
चौँरी
तस्बिरको क्याप्शन, प्रति गिलास २०० रुपियाँसम्म तिरेर मानिसहरूले सेवन गर्ने चौँरीको रगतले कतिपय स्वास्थ्य समस्याहरू समेत हल गर्ने जनविश्वास पाइन्छ। तर त्यसको वैज्ञानिक पुष्टि भएको छैन।
चौँरी
तस्बिरको क्याप्शन, यस महिनाको सुरुमा मुस्ताङको थासाङ गाउँपालिका कोबाङमा आयोजना गरिएको मेला हेर्न झन्डै पाँच हजार मानिसहरू आएका आयोजक धौलागिरि चौँरी समूहले जनाएको छ।
चौँरी
तस्बिरको क्याप्शन, पैँतीस वर्ष अघिदेखि निरन्तर रूपमा मुस्ताङमा यो मेला आयोजना हुने गरेको छ।
चौँरी
तस्बिरको क्याप्शन, मेलामा आउने पर्यटकहरूले चौँरीको सुकुटीसहित अन्य स्थानीय परिकारहरू पनि खाने गर्छन्।