दिवङ्गत फोटोपत्रकार शाह माराईले खिचेका तस्बिरहरू

समाचार संस्था एएफपीका लागि काम गर्ने फोटोपत्रकार शाह माराई सोमवार काबुलमा भएको एउटा बम आक्रमणमा मारिएका छन्। उनी अफगानिस्तानका नागरिक थिए र सो संस्थाको काबुलस्थित कार्यालयमा प्रमुख फोटोग्राफरका रूपमा कार्यरत थिए। माराईले खिचेका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

Marai regularly photographed the site of suicide bombings. Here, residents inspect one outside a voter registration centre on 22 April this year

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराईले आत्मघाती बम आक्रमण भएका स्थानहरूमा तस्बिर खिच्ने गरेका थिए। यहाँ एप्रिल २२ मा एउटा मतदाता नामावली केन्द्रबाट बाहिर भएको आक्रमणपछि दुई व्यक्तिहरू घटनास्थलतर्फ हेर्दै गरेको देखिन्छ।
An Afghan man digs a grave for one of the victims of a suicide attack this year that killed nearly 60 people including children

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, आत्मघाती आक्रमणमा मारिएका आफन्तको चिहान खन्दै एक जना अफगानी पुरुष। सो आक्रमणमा बालबालिकासहित झन्डै ६० जना मारिएका थिए।
Two Afghan women weep for their relatives at a hospital following explosions at a cultural centre in Kabul in 2017

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, सन् २०१७ मा काबुलस्थित एउटा सांस्कृतिक केन्द्रबाहिर भएका विस्फोटमा परेका व्यक्तिका आफन्तहरू एउटा स्थानीय अस्पतालमा बिलौना गर्दै।
Marai also covered political events in the country. Here then Afghan President Hamid Karzai and US Senator John Kerry were pictured laughing during a press conference at the presidential palace in Kabul in 2009

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराईले राजनीतिसँग सम्बन्धित तस्बिर पनि खिचेका छन्। यहाँ सन् २००९ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई र अमेरिकी सिनेटर जोन केरीलाई काबुलस्थित राष्ट्रपतीय भवनमा प्रफुल्ल मुद्रामा देखिन्छ।
Ten years ago, Marai was at Camp Bastion in Helmand when then British PM Gordon Brown addressed British soldiers

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, दश वर्षअघि हेल्मन्ड प्रान्तस्थित क्याम्प ब्यास्टिअनमा ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनले ब्रिटिश सैनिकहरूलाई सम्बोधन गर्दा माराईले खिचेको तस्बिर।
In 2009 Marai photographed a supporter of Afghan presidential candidate Abdullah Abdullah caught in a beam of light as she made her way to a campaign event

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, सन् २००९ मा राष्ट्रपतीय उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहको निर्वाचन प्रचार अभियानमा सहभागी उनकी एक समर्थक।
Marai also documented daily life and some of the more positive events in the country. Here a child is given the polio vaccine during a countrywide immunisation campaign in 2010

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराई दैनिक जीवनका अनेक घटनाका तस्बिर खिच्न मन पराउँथे। यहाँ एउटा बालकलाई सन् २०१० मा पोलियो रोगविरुद्धको एउटा राष्ट्रव्यापी अभियानमा खोप दिइँदैछ।
After years of being cloistered in their homes during Taliban rule, in 2008 Afghan women were pictured by Marai as they attended a gym in Herat

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, तालिबान शासनकालमा घरमै सीमित पारिएका महिलाहरू सन् २००८ मा हेरातस्थित एउटा व्यायामशालामा।
Afghans on a fairground ride at the Park Shahar or City Park, in Kabul

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, काबुलमा आयोजित एउटा मेलामा रोटेपिङमा रमाउँदै अफगानीहरू।
This picture by Marai from 2017 shows some of the thousands of films hidden from the Taliban in the mid-1990s that are now being digitised

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराईले सन् २०१७ मा खिचेको यो तस्बिरमा १९९० को दशकको मध्यतिर तालिबानबाट जोगाउन लुकाइएका र हाल डिजिटाइज गर्न लागिएका विभिन्न चलचित्रका हजारौँ प्रतिहरू देखिन्छन्।
An Afghan man walks along a path under snow-laden trees in Kabul

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, एक जना अफगान पुरुष हिउँले ढाकेको बाटोमा हिँड्दै
In the early 2000s, Afghanistan's roads and valleys were littered with the debris of war, mostly Soviet vehicles destroyed by Mujaheedin fighters during the 1979-1989 period of occupation. Here Marai photographed children playing on an abandoned Soviet tank in the Panjshir valley

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, सन् २००० को दशकको पूर्वार्धमा अफगानिस्तानमा युद्ध १९७९-१९८९ ताका प्रयोग भएका र मुजाहिद्दिन लडाकुद्वारा नष्ट पारिएका सोभियत गाडी र अन्य सामग्रीहरू यत्रतत्र भेटिन्थे। पन्ज्शिर उपत्यकामा खिचिएको यो तस्बिरमा एउटा पुरानो सोभियत ट्याङ्कमा बच्चाहरू खेलेको देखिन्छ।
This girl was one of more than 6,000 refugees returning to Afghanistan from Iran in 2008

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, यी अफगान बालिका इरानबाट सन् २००८ मा घर फर्किएका छ हजारभन्दा बढी शरणार्थीमध्ये एक हुन्।