सिरियाली नगरमा कुर्द पराजित: टर्की

तस्बिर स्रोत, Reuters
उत्तरी सिरियाको अफ्रिन शहरको मध्यभागमा टर्की-समर्थित सैन्य प्रवेश गरेको र सो भागलाई पूर्ण नियन्त्रणमा लिएको बताइएको छ।
लडाकुहरुले आइतबार शहरको मुख्यभागलाई आफ्नो नियन्त्रणमा लिएपछि टर्कीको झण्डा फहराएको र एकजना प्रसिद्ध कुर्द व्यक्तिको शालिक पनि ढालेका छन्।
सीमावर्ती अफ्रिन र वरपरका क्षेत्रबाट वाइपीजी भनिने कुर्द समूहका लडाकुहरुलाई हटाउने लक्ष्य सहित टर्कीले थालेको सैन्य कारबाही दुई महिनादेखि जारी छ।
यो अवधिमा दुई सय असी गैरसैनिकहरु मारिएको अभियानकर्मीहरुले बताएका छन् तर अंकाराले अस्वीकार गरेको छ।
अफ्रिनमा रहेको कुर्द लडाकू समूह वाईपीजीलाई निशानामा पारिरहेको टर्कीले उक्त समूहलाई आतंकवादी समूह भन्दछ।
विद्रोह
साथै टर्कीमा दशकौँदेखि स्वायत्ताका लागि विद्रोह गरिरहेको कुर्दिस्तान वर्कश पार्टी-पीकेके समूहको बिस्तारित स्वरुप वाईपीजी भएको टर्कीले ठान्दछ।
त्यहाँ रहेका कुर्द लडाकू समूह वाईपीजीलाई निशानामा पारिरहेको टर्कीले उक्त समूहलाई आतंकवादी समूह भन्दछ।
साथै टर्कीमा दशकौँदेखि स्वायत्ताका लागि विद्रोह गरिरहेको कुर्दिस्तान वर्कश पार्टी-पीकेके समूहको बिस्तारित रुप वाईपीजी भएको टर्कीले ठान्दछ।
वाईपीजीले भने पीकेके समूहसँग उसको प्रत्यक्ष सम्बन्ध नभएको बताउने गरेको छ।
यसअघि टर्कीका राष्ट्रपति रेजेप तायिप एर्दोआनले फ्रि सिरियन आर्मीका सदस्यहरुले अफ्रिनको मध्यभागलाई नियन्त्रणमा लिएको घोषणा गरेका थिए।
जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ र बाँकी अवरोधहरु पन्छाउने कार्यमा जारी रहेको एर्दोआनले बताए।
झडप
टर्की-समर्थित फ्रि सिरियन आर्मी, एफएसएका प्रवक्ता मोहम्मद अल-हामदिनले तीनवटा मोर्चाबाट अफ्रिन प्रवेश गर्ने क्रममा कुनै खाले अवरोधको सामना गर्नु नपरेको बताएका छन्।
तर पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले टर्कीका सैन्य र फ्रि सिरियन आर्मीका लडाकुहरुले शहरको आधा भाग नियन्त्रणमा लिएको र आइतबार बिहान केही भागहरुमा झडपहरु जारी रहेको जनाएको छ।
हालैका दिनमा अफ्रिनमा हिंसा चर्किएपछि एक लाख पचास हजारभन्दा बढी मानिस सो क्षेत्र छाडी भागेका छन्।
तीमध्ये धेरैजसो सिरियाली सरकारको नियन्त्रणका रहेको भूभागतर्फ भागेको बताइएको छ।











