गीतमा महिलाका व्यथा
आफ्ना भावना स्वच्छन्द रूपमा अभिव्यक्त गर्न कतिपय माध्यममा बन्देज हुँदा पनि महिलाहरूले धेरै पहिलेदेखि गीत-संगीतको प्रयोग गर्दै आएको देखिन्छ। तीमध्ये एक महिलाको कठिन जीवनको व्यथा पोखिएको ‘बालो नचाउने गीत’ मध्य र सुदूर पश्चिममा अझै पनि प्रचलित छ। यस्ता गीतमा विभेद र अन्यायलाई महिलाले आफ्नै शब्दमा बयान गर्ने गरेको पाइन्छ।