बांग्लादेश: पूर्व प्रधानमन्त्री जिया भ्रष्टाचारमा दोषी ठहर

तस्बिर स्रोत, AFP
बांग्लादेशमा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय तोकिएको छ।
प्रहरीले अश्रु ग्यास प्रयोग गरेर उनका हजारौं समर्थकलाई तितरबितर पारेपछि ढाकास्थित अदालतमा फैसला पढेर सुनाइएको थियो।
७२ वर्षिया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो।
उक्त आरोप जियाले अस्वीकार गरेकी छन्।

तस्बिर स्रोत, AFP
चुनाव लड्न प्रतिबन्ध
पछिल्लो कारबाहीसँगै उनले सन् २०१८ मै हुने संसदीय चुनावमा लड्न पाउने छैनन्।
उनले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको बताएकी छन्।
पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौं मुद्दामध्येको एक हो।

तस्बिर स्रोत, AFP
जिया प्रधानमन्त्री शेख हसिना वाजेदकी दशकौंयताकी राजनीतिक प्रतिद्वन्द्वी हुन्।
जियाका छोरा तारिक रहमानलाई १० वर्षको जेल सजाय तोकिएको छ।
उनी हाल लण्डनमा छन्।
जियाका अन्य सहयोगीहरुलाई पनि १० वर्षकै जेल सजाय सुनाइएको छ।








