ब्रिटेनकी महारानीले राजमुकुटका बारे चर्चा गरेकी छन्
ब्रिटेनकी महारानी एलिजबेथ द्वीतियाले आफ्नो राज्याभिषेक बेलाका सम्झनाहरुको चर्चा गरेकी छन् र राजघरानाको शाही राजमुकुट पहिरिंदा हुने अनुभवका बारेपनि बताएकी छन्।
एउटा नयां बीबीसी डक्यूमेन्ट्रीमा महारानीले एकजना शाही टिप्पणीकर्ता एलेस्टेएर ब्रुससंग कुरा गर्दै राजमुकुट लगाएपछि मुन्टो निहुराउन किन हुंदैन भनेर पनि चर्चा गरेकी छन्।
द कोरोनेशन नामको उक्त डक्यूमेन्ट्री बीबीसी वानमा प्रसारित भएको थियो।