एक्लोपना छल्न चित्रकला

भिडिओ क्याप्शन सुरु हुँदैछ, एक्लोपना छल्न चित्रकला

बेलिन्दा लो ले ५५ वर्षको उमेरदेखि आफै चित्रकला सिक्न शुरु गरिन्।

आफ्ना छोराहरुले घर छाडेपछि एक्लोपनासंग जु्ध्न उनले चित्रकलाको अभ्यास शुरु गरेकी थिइन्।

“वास्तवमा चित्र बनाइ रहेका बेला म आफ्नो चिन्ता र समस्याहरुबाट आफुलाई स्वतन्त्र र टाढा रहेको पाउँदछु,” उनले भनिन्।

उनले खासगरी केटाकेटी हुँदा आफुले देखेका र गरेका कामहरु आफ्ना भित्तेचित्रहरुमा उतार्ने गरेकी छिन्।

उनी अरु महिलाहरुलाई पनि आफुभित्र लुकेको प्रतिभा बाहिर ल्याउन मेहनत गर्न सुझाव दिन्छिन्।

बीबीसी रिपोर्ट (भिडिओ)