आन्तरिक पर्यटक तान्दै हात्ती महोत्सव

पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ हात्तीका विभिन्न गतिविधि समेटेर चितवनमा हरेक वर्ष हात्ती महोत्सवको आयोजना गरिँदै आएको छ। तस्वीरहरु: ईश्वर जोशी

हात्ती महोत्सव
तस्बिरको क्याप्शन, पाँच दिनसम्म हुने महोत्सवमा हात्ती दौड, हात्तीको छावाहरुबीच फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी लगायतका प्रतियोगिता हुने गर्छ।
हात्ती महोत्सव
तस्बिरको क्याप्शन, महोत्सवमा सहभागी हुने हात्तीहरुलाई खोलामा लगेर नुहाई दिने र प्रतियोगिताहरुमा सहभागी गराउने गरिन्छ।
हात्ती महोत्सव
तस्बिरको क्याप्शन, हात्ती मालिकले आफ्ना हात्तीलाई सजाएर उनीहरुलाई सुन्दरी प्रतियोगिताका लागि तयार गर्ने गर्छन्।
हात्ती महोत्सव
तस्बिरको क्याप्शन, तामझामका साथ आयोजना गरिएको महोत्सवमा यो वर्ष करिब एक सयवटा हात्तीलाई सहभागी गराइएको छ।
हात्ती महोत्सब
तस्बिरको क्याप्शन, चितवनको पर्यटकीय क्षेत्र बाघमारा सामुदायिक वनको चौरमा हात्ती महोत्सवको अवसरमा हात्तीबाट खेलाइने खेल हेर्न यो वर्ष पनि दर्शकहरुको घुइँचो लागेको थियो ।
हात्ती महोत्सब
तस्बिरको क्याप्शन, खासगरी विदेशी पर्यटकलाई लक्षित गरेर महोत्सव आयोजना गरिने भए पनि महोत्सव हेर्न स्थानीय बासिन्दा लगायत टाढाबाट आन्तरिक पर्यटकहरु पनि आउने गर्छन्।
थारु महिला
तस्बिरको क्याप्शन, तर पशु अधिकारकर्मीहरुले भने महोत्सवको नाममा जनावरलाई दुःख दिने गरिएको भन्दै हात्ती महोत्सवको विरोध गर्ने गरेका छन्।
हात्ती महोत्सव
तस्बिरको क्याप्शन, आयोजकहरुले भने महोत्सवलाई परिमार्जित गरी हात्तीलाई सहज हुने वनभोज लगायत विभिन्न प्रतियोगिता मात्र आयोजना गर्ने गरेको बताएका छन्।