'बाल यौन दुर्व्यवहार राष्ट्रिय पीडा'

तस्बिर स्रोत, REUTERS
अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।
उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन्।
उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो।
उक्त आयोग समक्ष त्यस्तो पीडा बेहोरेका हजारौंले आफ्नो बयान दिएका थिए।
निष्कर्ष
प्रतिवेदनमा धार्मिक संघ संस्था, खेल क्लब, सेना सहित झण्डै चार हजार भन्दा बढी संस्थाहरुमा दुर्व्यवहार भएको निष्कर्ष निकालिएको छ।

तस्बिर स्रोत, AFP
विगतका दशकहरुमा अष्ट्रेलियाका निकायहरुले दशौँ हजार बालबालिकालाई शोषण गरेको उक्त प्रतिवेदनले औंल्याएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले त्यसलाई राष्ट्रिय शोक भन्दै बयान दिनेहरुको आँटको प्रशंसा गरेका छन्।
माफी
पाँच वर्षसम्म उक्त आयोगले बालबालिकालाई बलत्कार र यौन दुर्व्यवहार गरिएका कहालीलाग्दा विवरणहरु संकलन गरेको थियो।

तस्बिर स्रोत, EPA
कतिपय यातना पाएका बालबालिकाले पछि आत्महत्या गरेका थिए र अरुले बाँचुन्जेल आघातको अनुभूति गरेका थिए।
अष्ट्रेलियाको अन्जेलिकन ग्रिर्जाघरका प्रमुखले यौन दुर्व्यवहारका आरोपहरुलाई सुनुवाइ आफूले लाजमर्दो ढंगले गरेको भन्दै माफी मागेको छ।
एक जना बीबीसी संवाददाता भन्छन्, करिब ६० हजार जीवित पीडितहरु क्षतिपूर्तिका लागि योग्य हुनसक्ने बताएका छन्।








