घडियाल संरक्षणमा 'सफलता'

बर्दिया राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रले उक्त दुर्लभ जन्तुको संरक्षणमा सफलता मिलेको जनाएको छ।

घडियाल प्रजनन केन्द्र

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, पश्चिम नेपालको ठाकुरद्वारास्थित बर्दिया राष्ट्रिय निकुञ्जले दशकौंदेखि गोही संरक्षणका प्रयास गर्दै आएको छ। यसै अनुरुप उसको घडियाल प्रजनन केन्द्रले पोहोर र यसपाली उल्लेखनीय सफलता हात पारेको जनाएको छ।
घडियाल प्रजनन केन्द्र

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, यसपाली उक्त केन्द्रमा १४ वटा घडियालका बच्चा जन्मिएका छन्। पोहोर २४ वटा हुर्काइएको थियो। केन्द्रमा घडियालका अण्डालाई विशेष प्रकारले संरक्षण गरिने अधिकारीहरुले बताए।
घडियाल

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो। प्राकृतिक वासस्थानमा यी जीवको संख्या नेपालभर ३ सयभन्दा केही बढी भएको अनुमान छ। बर्दिया राष्ट्रिय निकुञ्ज तथा चितवन कसरास्थित प्रजनन केन्द्रमा केही दर्जनको संख्यामा घडियाल गोही रहेका छन्।
घडियाल

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, नेपालमा खासगरि नारायणी, राप्ती, कर्णाली र बबई नदीमा घडियाल पाइने बताइन्छ। नेपालमा दुई थरी गोही पाइन्छन् - घडियाल र मगर। घडियाल गोहीले स्वच्छ वातावरणको संकेत गर्ने संरक्षणविदहरु बताउँछन्।
घडियालको अण्डा

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, घडियालको दुश्मन प्रदूषण तथा चोरीशिकार रहेको अधिकारीहरुको भनाइ छ। फागुन चैत ताका पारेका अण्डालाई बालुवामुनि उसले लुकाएको स्थानबाटै मानिसहरुले झिकिदिने र खाइदिने एवं उसको मासु र छालाका लागि मारिदिने जस्ता घटनाले ती गोही जोखिममा परेको बताइन्छ।
घडियाल

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, भाले घडियालको मुखको टुप्पोमा हुने यस्ता घडा उक्त जीवको एक आकर्षण हो। धेरै ठाउँबाट लोप हुँदै गएको यो जीव हाल खासगरि दक्षिण एसियाको नेपाल र भारतमा पाइन्छ।
घडियाल

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, हाल जन्मेका बच्चाहरु ३ वर्षको भएपछि बबई नदीमा छाडिदिने प्रजनन केन्द्रको योजना छ। (फोटो सौजन्य: रमेशकुमार थापा, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज)