डाक्टर गोविन्द केसी: अनशन लगत्तै परोपकार

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।

गोविन्द केसीको परोपकार
तस्बिरको क्याप्शन, मुलुक बाढीपहिरोको चपेटामा परेपछि चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै बसेको २३ दिन लामो अनशन तोडेका डाक्टर गोविन्द केसी अहिले तिनै बाढीपीडितको उपचारमा खटिएका छन्। लामो अनशनले आफ्नै स्वास्थ्य स्थिति नाजुक बनेपनि १० दिन नवित्दै उनी परोपकारमा लागेका छन्।
गोविन्द केसीको परोपकार
तस्बिरको क्याप्शन, बाढीले सबभन्दा धेरै प्रभावित मध्येको सप्तरी जिल्लाका विभिन्न ठाउँमा उनले बिरामीहरुको उपचार मात्र गरेनन् आफ्नै खर्चमा ओखती, लुगा र बच्चाबच्चीलाई चकलेट पनि दिए।
गोविन्द केसीको परोपकार
तस्बिरको क्याप्शन, उनले सञ्चालन गरेको शिविरमा वरपरबाट सयौं बिरामीहरु उपचारका निम्ति आइपुगे।
गोविन्द केसीको परोपकार
तस्बिरको क्याप्शन, खासगरी सो क्षेत्रमा ज्वरो, रुघाखोकी तथा अन्य विभिन्न रोगका बिरामी उपचारका निम्ति आएका थिए।
गोविन्द केसीको परोपकार
तस्बिरको क्याप्शन, डाक्टर केसीले विपन्न र पिछडिएका वर्गका मानिसलाई सेवा गर्न पाउँदा गौरव हुने र सन्तुष्टी मिल्ने बताएका छन्।
गोविन्द केसीको परोपकार
तस्बिरको क्याप्शन, विगतमा पनि विभिन्न प्राकृतिक प्रकोप पर्दा उनी परोपकारका निम्ति खटिने गर्छन्। देशमा चिकित्सा शिक्षाको सुधारका निम्ति निरन्तर खटिएका उनले आफ्ना मागहरु पूरा नभएकाले आन्दोलन पुन: गर्न सक्ने बताए। तिनै माग उठाएर उनी ११ चोटी अनशन बसिसकेका छन्। (तस्वीरहरु: विक्रम निरौला)