अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद

घाटा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बौद्धिक चोरीले अमेरिकालाई वार्षिक ६०० अर्ब डलर घाटा पर्ने बताइएको छ
Published

अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ।

राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो।

वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ।

ट्रम्पले त्यस्तो व्यवहार अब सह्य नहुने बताएका छन्।

घाटा

बौद्धिक चोरीले अमेरिकालाई वार्षिक ६०० अर्ब डलर घाटा पर्ने बताइएको छ

चीनले यो व्यापार लडाइबाट विश्वका दुई ठूला अर्थतन्त्र दुवैलाई मर्का पार्ने चेतावनी दिएको छ।

अधिकारीहरुले प्रतिक्रियाहरु संकलन गर्ने र सेक्सन ३०१ अनुसन्धान अन्तर्गत अक्टोबरमा सुनुवाइ गर्ने बताएका छन्।

अनुसन्धानपछि अमेरिकाले विश्व व्यापार संगठन समक्ष यो विवाद लग्न सक्छ या आँफै कारवाही गर्नसक्छ।