नवाज शरिफको राजीनामा: एक विश्लेषण

नवाज शरिफ

तस्बिर स्रोत, Getty Images

Published

भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले अयोग्य भनेपछि पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिएका छन्। यो समग्र प्रकरणबारे इस्लामावादबाट बीबीसीका महम्मद इल्यास खान भन्छन्:

पाकिस्तानमा इतिहास फेरि दोहोरिएको छ।

प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिएका छन्।

उनी पाकिस्तानका १८औं प्रधानमन्त्री थिए।

उनीअघिका १७ जनामा कसैले पनि प्रधानमन्त्री पदमा पूर्ण कार्यकाल बिताएका थिएनन्।

थुप्रैको विश्वासमा सर्वोच्च अदालतले भ्रष्टाचारविरुद्ध कारबाहीको प्रक्रिया आरम्भ गरेको छ जुन प्रजातन्त्रका लागि सुखद हो।

अरुहरु यसलाई देशमा राजनीतिक षड्यन्त्रको लामो इतिहासको एकभागका रुपमा हेर्छन् जुन दाउपेचको प्रयोग गरी देशको शक्तिशाली सैनिक संस्थापनले गैरसैनिक निर्णय प्रक्रियालाई नियन्त्रण गर्ने गरेको थियो।

विवाद

पाकिस्तान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शरिफका विरोधीहरुले पछिल्लो फैसलाको स्वागत गरेका छन्।

१५ महिनासम्म चलेको भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाका क्रममा थुप्रै विवादहरु रहे।

यो फौजदारी अदालतले हेर्नुपर्ने मुद्दा हो।

सर्वोच्च अदालत जुन एउटा पुनरावेदन गरिने संयन्त्र हो, त्यसले आरम्भमा यो मुद्दा हेर्न अस्वीकार गरेको थियो।

तर पछि सो अदालतले मुद्दाको सुनुवाइ गर्न स्वीकार मात्र गरेन कि मुद्दाका सिलसिलामा आफ्नै अनुसन्धान समिति समेत गठन गर्ने अस्वाभाविक कदम चाल्यो।

र, त्यो समितिमा सैनिक गुप्तचर सेवाको प्रभावकारी भूमिका रहेको थियो।

थुप्रैको विश्वासमा अब देशको सबै तह र तप्कामा भ्रष्टाचारविरुद्धको कारबाही अघि बढ्ने सम्भावना त छैन तर सर्वोच्च अदालतको फैसलापछि विगतमा देखिएझैं नयाँ राजनीतिज्ञहरुका लागि सत्ताको ढोका भने खुल्नेछ।