बर्दियाका बाघका कथा

बाघ अवलोकनको नेपालको उपयुक्त गन्तव्य मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा जारी बाघ संरक्षण प्रयास र चुनौती झल्काउने केही तस्वीरहरु।

पाटे बाघ

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, नेपालमा बाघ अवलोकनको लागि उपयुक्त गन्तव्य मानिने बर्दिया राष्ट्रिय निकुञ्ज मध्य-पश्चिम नेपालको तराईमा अवस्थित छ। कर्णाली र बबई नदीका बगर, उपत्यका, वन र घाँसे मैदान क्षेत्र रहेको यो निकुञ्जमा ५० वटा वयस्क बाघ रहेको निकुञ्जको भनाइ छ। (शब्द: सुरेन्द्र फुयाल। तस्वीर: सागर गिरी, रमेश थापा)
चित्तल

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बाघले चित्तल, लगुना, बाह्रसिंगा जस्ता जनावर सिकार खेलेर आफ्नो आहारा प्राप्त गर्दछ। बाघलाई स्वस्थ जंगलको प्रतीक मानिन्छ। विश्वका बाघ पाइने देशहरुले सन् २०२२ (चिनियाँ पात्रो अनुसारको बाघ वर्ष) सम्ममा बाघको संख्या सन् २०१० (अघिल्लो बाघ वर्ष) को भन्दा दोब्बर बनाउने महत्वाकांक्षी योजना बनाएका छन्।
एक जोडी पाटेबाघ

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१५को गणनामा ५० वटा वयस्क बाघ रहेको पाइएको थियो। अंग्रेजीमा ‘रोयल बंगाल टाइगर’ भनिने पाटे बाघ दक्षिण एसियाको भारत, बांग्लादेश, भुटान र नेपालमा पाइन्छ। बाघ नेपालमा संरक्षित जनावरको सूचिमा राखिएको छ।
भैंसी

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, विज्ञहरुका अनुसार बाघ घाइते, अशक्त र वृद्ध भएको अवस्थामा घरपालुवा जनावर जस्ता सजिलो सिकारलाई आहारा बनाउने गर्दछ। पछिल्लो गणना अनुसार नेपालमा पाटे बाघको संख्या १९८ रहेको छ। पाटे बाघ नेपालको पर्सादेखि पश्चिमतिर चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा पाइन्छ।
बाघको आक्रमणपछि एउटा आँखा गुमाएका बर्दियाका भदइ थारु

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बेला-बेलामा पाटे बाघ र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीबीच पनि जम्काभेट हुने गर्दछ। बच्चा आफू संगै रहेको बेला बाघले मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ। केही वर्ष अघि बर्दियाको खाताका भदइ थारुले बाघको आक्रमणमा एक आँखा गुमाएका थिए। उनलाई बर्दिया घुम्न आएको बेला प्रसिद्ध अमेरिकी नायक लिओनार्दो डिकाप्रियोले घाम चश्मा उपहार दिएका थिए।
बाघ आक्रमणमा परेका पर्यटक

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, यदाकदा निकुञ्ज घुम्न जाने पर्यटक र बाघबीच पनि जम्काभेट हुने गर्दछ। त्यस्तो बेला पर्यटक तथा पथप्रदर्शकहरु आत्तिएर भाग्ने वा रुख चढ्ने गर्दछन्। २०७२ साल फाल्गुनमा नेदरल्याण्डसका एक पर्यटक बाघको आक्रमणपछि रुख चढेर बाच्न सफल भएका थिए। उनका पथप्रदर्शक घाइते भएका थिए।
बाघको छाला र हड्डी सहित पक्राउ परेका व्यक्तिहरु

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, परंपरागत चिनियाँ औषधिका लागि बाघ मार्ने गरिएकोले विश्वभर बाघको संख्या नाटकीय रुपमा घटेको र बाघ लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन्। नेपालमा पनि त्यहि प्रयोजनका लागि बाघको चोरीसिकारी हुने गरेको छ। दुई वर्षअघि कैलालीको छतिवनमा ६ भारतीय सहित ८ जना बाघको छाला र हड्डी सहित पक्राउ परेका थिए।
गत पुषमा बर्दिया निकुञ्जभित्र राजमार्गमा सवारीको ठक्करपछि मरेको एक बाघ

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, पूर्व-पश्चिम राजमार्गको २७ किलोमिटर बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्दछ। निकुञ्जभित्र गतिसीमा निर्धारण गरेर तीव्र गतिमा सवारीसाधन चलाउन निषेध गरिएको छ। तैपनि बेलाबखत सवारीसाधनको ठक्करबाट बाघ र अन्य संरक्षित वन्यजन्तु समेत मर्ने गर्दछन्। गत पुषमा बर्दिया निकुञ्जभित्र राजमार्गमा सवारीको ठक्करपछि एक बाघको ज्यान गएको थियो। (शब्द: सुरेन्द्र फुयाल। तस्वीरहरु: सागर गिरी, रमेश थापा)