म विरुद्ध इतिहासकै 'नराम्रो खेल': ट्रम्प

डोनल्ड ट्र‌ंप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चुनावमा "रुसी हस्तक्षेप"बारे अनुसन्धान अघि बढाउने निर्णयको अमेरिकी कंग्रेसका सदस्यहरुले स्वागत गरे लगत्तै ट्रम्पले प्रतिक्रिया दिएका हुन्
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध इतिहासकै सबैभन्दा नराम्रो खेल खेलिंदै गरिएको बताएका छन्।

गत वर्षको राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धान अघि बढाउने निर्णयको अमेरिकी कंग्रेसको दुबै पक्षका सदस्यहरुले स्वागत गरेलगत्तै ट्रम्पले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरलाई गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको अनुसन्धानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

सो कदमको कंग्रेस सदस्यहरुले स्वागत गरिसकेका छन्।

ट्रम्पले ट्वीटरमार्फत पछिल्लो परिस्थिति "कुनै राजनीतिज्ञविरुद्ध अमेरिकी इतिहासकै एकमात्र सबभन्दा नराम्रो प्रयास" भनी लेखेका छन्।

उनले आफ्नी प्रतिद्वन्दवी हिलरी क्लीन्टन र पूर्व राष्ट्रपति बराक ओबामामाथि पनि यस्तै खाले अनुसन्धान किन गरिएन भन्ने प्रश्न गरेका छन्।