पुरातात्विक सम्पदाको पुनर्निर्माण

नेपालमा दुई वर्षअघिको विनाशकारी भूकम्पबाट झण्डै ७ सय ५० वटा ऐतिहासिक सम्पदा र धरोहरहरुमा क्षति पुगेको थियो।

पुनर्निर्माण
तस्बिरको क्याप्शन, भूकम्पबाट ऐतिहासिक दरवार क्षेत्र सहित ७ सय ५० वटा पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको थियो। (तस्वीरहरु: कमल परियार)
पुनर्निर्माण
तस्बिरको क्याप्शन, अरु क्षेत्रको पुनर्निर्माणमा देखिएको सुस्तता सम्पदास्थलहरुमा पनि देख्न पाइन्छ।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, भूकम्प यताका दुई वर्षमा सरकार, दातृ निकाय र स्थानीय समुदायले करिव २२ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेका छन्।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, पुरातत्व विभागले झण्डै सवा सयवटा विभिन्न सम्पदाहरुमा अहिले पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी दिएको छ।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, ठूलो संख्यामा सम्पदाहरुमा क्षति भएकाले दक्ष कालिगढहरुको अभाव रहेको जानकारहरु बताउँछन्।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, नेपालका सम्पदाहरुको ऐतिहासिक र पर्यटकीय महत्व रहेका छन्।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, भूकम्पले भत्काएका धरोहरमध्ये एक समय राजाहरुको दरवार रहेको बसन्तपुर क्षेत्र पनि हो जसको पुनर्निर्माणको जिम्मा चीन सरकारलाई दिन लागिएको छ।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रानीपोखरीमा रहेको महादेवको मन्दिर पुनर्निर्माणको कार्य शुरु गरिएपनि त्यसको पुनर्निर्माण अहिले रोकिएको छ।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, काठमाण्डूको मुटूमा रहेको रानीपोखरी अचेल सुख्खा र उजाड देखिन्छ।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, अधिकारीहरुले बजेट अभाव र लामो ठेक्का प्रकृयाले कतिपय सम्पदा निर्माणको काम द्रुत गतिमा अघि बढाउन गाह्रो भएको बताएका छन्।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, काठमाण्डूको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारलाई रेट्रोफिट अर्थात सबलिकरण गरेर प्रयोगमा ल्याउन सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ।
पुनर्निर्माण
तस्बिरको क्याप्शन, नेपालका सम्पदाको पनर्निर्माणलाई संयुक्त राष्ट्रसंघ लागयतका निकायले नजिकबाट नियालिरहेको बताएका छन्।