भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा
राजधानी उपत्यकाको प्राचीन शहर भक्तपुरमा लिच्छवीकालिन प्रख्यात बिस्केट जात्रा मनाइदैँछ।
आठ रात, नौ दिनसम्म मनाइने सो जात्रा सांस्कृतिक, धार्मिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ।
भैरवनाथको रथ तानेर शुरू हुने बिस्केट जात्रा अवधिभर अनेक देवदेवीका जात्राहरू पनि हुने भएकाले त्यसलाई 'जात्राभित्रको जात्रा' भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन्।
सो जात्राको महत्वबारे हामीले संस्कृतिविद् ओम धौमडेलसँग कुराकानी गरेका थियौं।