अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति बदर गरिदिएको छ।

अदालतले उनी अख्तिायार प्रमुख हुन योग्यता नपुगेको ठहर गर्दै नियुक्ति बदर गरिदिएको हो।
कार्कीलाई प्रमुख आयुक्त पदमा नियुक्त गर्न संवैधानिक परिषद्ले गरेको सिफारिस निर्णय, राष्ट्रपतिले गरेको नियुक्ति, प्रधानन्यायाधीशले गराएको पदको सपथ लगायत नियुक्तिसंग सम्बन्धित सबै काम बदर भएको सर्वोच्चको आदेशमा उल्लेख छ।
न्याधीशत्रय इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले त्यस्तो निर्णय गरेको हो।
शक्ति आर्जन
संसदमा उनी विरुद्धको महाभियोग विचाराधीन थियो।
राजाको सक्रिय शासनकालका मुख्य सचिव कार्की दोश्रो जनआन्दोलनको सफलतासँगै ओझेल परेका थिए।
तर उनी अनौठ लाग्ने गरी यसरी प्रभाव विस्तार र शक्ति आर्जन गर्न सफल भए कि कयौं मुद्दामा विपरित दिशामा मुख फर्काएर बसेका प्रमुख दलले एकमुख भएर उनलाई अख्तियारको नेतृत्व सुम्पेका थिए।








