सुशीला कार्कीसँगको विशेष अन्तर्वार्ता
संघर्ष नगरी त ठूला पदहरुमा आउन गाह्रो हुन्छ। वकालत पेशामा आफैँमा क्षमता हुनुपर्छ, कसैको संरक्षणले हुँदैन। त्यसैले संघर्ष त गर्नै पर्यो। नेपालमा वकालत पेशामा महिला कम थिए र म निरन्तर ३१ वर्षदेखि वकालत पेशामा थिएँ। त्यसैले मैले सर्वोच्च अदालतमा न्यायाधीश भएर आउने मौका पाएँ।
एकदमै नौलो थियो। वकालत गर्ने महिलाहरु राजधानीमा पनि २/३ जना मात्रै थिए। तर मेरो परिवार चाहिँ छोरीलाई पढाउनुपर्छ, भेदभाव गर्न हुन्न भन्ने अलि उदार थियो। मेरो बुवाले मलाई पहिला डाक्टर बन भन्नुभएको थियो। तर मेरो परिवारमा धेरै वकिलहरु नै हुनुहुन्थ्यो र मलाई रुचि पनि लागेकोले मैले विराटनगर, धरानमा वकालत शुरु गरेँ।
महिलाहरु पिछडिएका छन्। उनीहरुको विकास हुनसकेको छैन। सहरका महिलाहरुको स्तरोन्नती भए पनि ग्रामीण क्षेत्रको अवस्था उस्तै छ। महिलाको जीवनस्तर उठाउनलाई न्यायालयमात्रै होइन समग्र समाज र राज्य नै लाग्नुपर्छ।
अहिले पनि महिलाहरु अघि बढेको समाजले पचाउन सक्दैन। त्यसैले महिला हाकिम भएर बसेको मान्छेले विश्वास पनि गर्दा रहेनछन्। मेरो पीडा भनेको चाहिँ के रह्यो भने शुरु शुरुमा ठूलाठूला मुद्दा पनि मैले पाउँदैन थिएँ। अलि कमजोर बनाइदिन खोज्थे। संसारभरि महिलालाई प्राथमिकता दिएनौ भनेर कुरा उठ्दा एउटा लैंगिक समानता देखाउनको रुपमा ल्याएको हो कि भन्ने अवधारणा बन्दोरहेछ। तर सबै प्रधानन्यायाधीशले त्यसो गर्नुभएन। केहीले त मलाई भ्रष्टाचारसम्बन्धी प्रशस्त मुद्दाहरु पनि दिनुभयो। तर महिलालाई पछि पार्न खोज्नु हाम्रो एउटा सामाजिक सोच हो। त्यस्तो सोचबाट प्रेरित भएकाहरुबाट त्यस किसिमको विभेद हुनेगर्दछ।
त्यसको लागि मैले म र एउटा पुरुष प्रधानन्यायाधीशमा फरक छैन भन्ने देखाउन कोशिश गरेको छु। अदालतमा पेशीसूची तोक्ने विषय सबैभन्दा महत्वपूर्ण हुन्छ। मेरो ६/७ महिनाको कार्यकालमा बिहान १० बजेभित्र पेशी निक्लिसक्छ। केही प्रधानन्यायाधीशको पालमामा मैले आफैँ पनि १२/१ बजे बल्ल पेशीसूची निस्किएको देखेँ। त्यसबाहेक अहिले उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा पनि कसैका नातावाद, कृपावादबाट नआएका र त्यसतो प्रभावमा नपरेका न्यायाधीश हुन् भन्नेमा जोड दिइरहेको छु। अहिले हर कठिनाइलाई पार गर्दै एकदम खटेर काम गरिरहेको छु। भोलि अवकाश पाएर जाँदा केही काम बनेको देखेँ भने त्यसले मलाई खुसी दिनेछ।

त्यस्तो होइन। अहिलेको परिस्थितिमा बराबरीमा महिला छैनन् तर केही नियुक्ति हुँदा उनीहरुङ्को पनि उपस्थिति हुनुपर्छ। त्यसको लागि एउटा योग्य पुरुषलाई फालेर महिलालाई ल्याउने भन्ने होइन। तर उत्तिकै सक्षम महिलालाई ल्याउनुपर्छ। महिलाहरु सक्षम छन् र उनीहरु मुद्दामा संवेदनशील पनि हुन्छन्।
छैन। छैन। अब कुनै मुद्दामा महिलाले पुरुषलाई मारेको हुन्छ। तर मुद्दामा के देखिन्छ भने पुरुषको यातना सहन नसकेर उसले मारेको हुन्छ। त्यस्तोमा सजाय नै नहुने त होइन। तर अलि नरम सजाय हुन्छ। त्यो बारेमा मैले बोलेको छु। अर्को म के भन्छु भने महिलाले श्रीमान वा बुवासँग खोज्नुभन्दा त आफ्नो खुट्टामा उभिएर खानु राम्रो हुन्छ। त्यो विषय उठाउनु महिलाको पक्षमा जानु हो?
महिलाहरु मुद्दा लड्न आउँदैनन्। परिवारको संकोचका कारण, समय धेरै लाग्ने भएर वा पैसा खर्च हुन्छ भनेर। पैसा खर्च नहुने र अदालतमा सहज वातावरण बनाइदियो भने त उनीहरु आफ्ना लागि न्याय माग्न आउँछन्। हुन त केही महिलाहरुमा त्यो नाटक पनि हुनसक्छ। त्यसलाई हामीले बुझ्नुपर्छ। तर दुख पाएकाहरुलाई त न्याय दिनैपर्छ।
तराईमा समानुपातिक भएन महिलाहरु आएनन् भन्ने कुरा उठाइन्छ। राजनीति वा अन्य क्षेत्रमा समानुपातिक गर्ने भनेको विषय बेग्लै हो। जागीर खानेबेला पढेलेखेको छ भने उ पनि समानुपातिकमा पर्नु अर्को विषय हो। तर न्याय क्षेत्रमा आउनका लागि त उसले कानुनी योग्यता नै हासिल गरेको हुनुपर्छ। महिलासँग योग्यता छ, मुद्दा छिन्नसक्छ, निस्पक्ष छ भने ठीक हो। जस्तै मुसलमान महिलाहरु आएनन् भन्ने गुनासो गरेर हुन्छ? छोरीलाई घुम्टो ओढाएर बिहे गरेर पठाउने अनि योग्य नबनाई समानुपातिक हुनुपर्यो भनेर हुन्छ? नेताहरु भाषण गर्ने बेला समानुपातिक भएन भन्ने आफ्नो गाउँमा गरिबका छोराछोरी नपढाउने?
अब भन्न त अलि अलि भन्छन्। माने न भन्छन्। त्यो मान्ने कुरा त आउँदैन।
अब अस्पतालमा विरामी आउँछन्। अदालतमा मुद्दा आउँछ। डराउनुपर्ने के कुरा आयो र?
भोलि के भन्ला। पर्सी के भन्ला भनेर डराउने हो र? न्याय दियो भने आज आलोचना गरे पनि भविष्यमा त्यसको राम्रो नतिजा आउँछ। चुनौती त कति छ कति नेपालमा। मैले सबैभन्दा बढी कमजोरी राजनीतिक क्षेत्रमा देखेको छु। पार्टीहरु साह्रै विभाजित भए। राष्ट्रिय स्वार्थका लागि त कमसेकम एक हुनुपर्छ। अदालतका मामलामा पनि एक हुनुपर्छ। न्यायपालिका र राजनीतिमा फरक छ। हाम्रो कानुनको बाटो हुन्छ। त्यो बाटोभन्दा हामी दायाँ पनि हेर्दैनौं, बायाँ पनि हेर्दैनौं। हो, त्यो कुरा उहाँहरुले बुझ्नुपर्छ। अदालत सरकारको कठपुतली होइन।
मलाई त उहाँको स्वभाव एकदम मन परेको हो। उहाँ त्यतिबेला जसरी जीवन निर्वाह गरिरहनुभएको थियो, त्यो आदर्श जीवन, उहाँका सोचविचार र इमानदारी मलाई मन परेको हो। मैले सोचेँ सम्पत्ति त म आफैँ पनि कमाउन सकिहाल्छु। तर म अर्को व्यक्तिसँग भएको भए मेरो जीवनशैली नै फरक हुन्थ्यो होला। खाने लाउने पिउने मोजमस्ती गर्ने शक्ति धाउने खालको पारिवारिक महोल हुन्थ्यो होला। त्यो बाटोमा गएको भए त आज म यति उच्च स्थानमा आउने पनि थिइनँ।
तपाईँ छक्क पर्नुहोला। धेरै दिन त हामीले एकथरी तरकारी र भात मात्रै खाएर गुजारा चलायौं। २०५९ सालतिर मैले एउटा जग्गा किनेको थिएँ। तर आर्थिक बाध्यता भएपछि हामीले त्यो बेचेर एउटा घर बनायौं। हाम्रो औकातले उता विराटनगरको सम्पत्तिले नपुग्ने रहेछ। एकदमै राम्रो ठाउँमा भएको तीनकठ्ठा जग्गा बेचेर ल्याउँदा पनि काठमाण्डूमा जम्मा ६ आना जग्गा आयो। ८० लाख रुपैयाँमा जग्गा बेच्दा पनि घर पूरा बनिसकेको छैन। अलि अलि तलब र सञ्चयकोषबाट काटेर बनाइरहेका छौं। त्यस्तो आर्थिक कठिनाई त परेकै हो।
करिब करिब। हरेक समयमा उहाँले मेरो नाम अगाडि राखिदिएर आफू चाहिँ तल बस्ने गर्नु हुन्थ्यो। तिमी परिवारको मुखिया हौ भन्नुहुन्थ्यो। वास्तवमा म बाहिर कमाउन जान्थेँ। उहाँ घरको सबै व्यवहार हेर्नुहुन्थ्यो। बच्चा पनि उहाँले नै हुर्काएको हो, मैले होइन। छोरो लड्दा पनि ‘बुवा’ भन्छ ‘आमा’ भन्दैन। उ स्कुलबाट आएपछि पनि बुवालाई खोज्छ, मलाई खोज्दैन। वकालत पेशामा हुँदा पनि कहिलेकाहीँ विहानसम्म पढ्नुपर्थ्यो। उहाँ राति उठेर, ‘ए तिमी अझै सुतेको छैनौं’ भनेर चिया दिनुहुन्थ्यो। अहिले पनि घर व्यवहार सबै उहाँले नै हेरिरहनुभएको छ। घरमा पाहुना आएको उहाँले नै हेर्ने हो। घरमा दाल छ कि छैन चामल छ कि छैन मैले त अहिले कहाँ हेर्न पाउँछु र?
खर्च मैले आफूले गर्ने हो। उहाँ पैसा त कमाउँदै नकमाउने। जीउमा लगाएको लुगा जे छ त्यही हो उहाँको। अरु धन भनेको केही छैन। उहाँलाई सम्पत्ति जोड्ने लोभ जीवनमा कहिल्यै आएन। उहाँ सन्यासी जस्तो मान्छे।