बडिमालिका यात्रा

सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो।

badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडिबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ। तस्वीरहरु: मधुसुदन दाहाल
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, यात्रा सुरु हुँदा देखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपूर्णिमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बाटामा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, दोस्रो रात बास बस्नका लागि त्रिवेणीधाम पुगिन्छ। तीनवटा नदीको संगम रहेको उक्त क्षेत्रमा धेरै मानिसहरुले आफ्ना स्वर्गीय बाबुआमाको श्राद्ध गर्ने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, त्रिवेणीधामबाट कहिले तेर्सो र कहिले कहालीलाग्दो उकालो करिब ६ घण्टा हिडेपछि बडिमालिका पुगिन्छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, वर्षमा धेरै समय हिउँ पर्ने बडिमालिकामा नेपाल र भारतका थुप्रै भक्तजन आउने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, धार्मिक र प्राकृतिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा पुग्न काठमाण्डूबाट झण्डै डेढ साता लाग्ने गर्छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासी गुनासो गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारी स्तरबाट पूजा गर्ने गरिएको छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वासले बाजुरा वरपरका जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, बडिमालिका पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै ओरालो झर्न भने निकै रमाइलो हुनेगर्छ।