राजकुमार ह्यारीको नेपाल यात्रा

ब्रिटेनका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको १२ दिने भ्रमण पूरा गरेर स्वेदश फर्किएका छन्।

नेपाल र ब्रिटेनबीच दौत्य सम्बन्ध कायम भएको दुई सय वर्ष पुगेको अवसरमा राजकुमार ह्यारी ब्रिटिश महारानीको प्रतिनिधिको रुपमा नेपाल आएका हुन्। तस्वीर: एपी
तस्बिरको क्याप्शन, नेपाल र ब्रिटेनबीच दौत्य सम्बन्ध कायम भएको दुई सय वर्ष पुगेको अवसरमा राजकुमार ह्यारी ब्रिटिश महारानीको प्रतिनिधिको रुपमा नेपाल आएका हुन्। तस्वीर: एपी
भ्रमणको दोश्रो दिन राजकुमार ह्यारीले भूकम्पबाट प्रभावित काठमाण्डू उपत्यकाका केही पुरातात्विक र ऐतिहासिक सम्पदाको अवलोकन गरेका थिए।
तस्बिरको क्याप्शन, भ्रमणको दोश्रो दिन राजकुमार ह्यारीले भूकम्पबाट प्रभावित काठमाण्डू उपत्यकाका केही पुरातात्विक र ऐतिहासिक सम्पदाको अवलोकन गरेका थिए।
बैशाखको भूकम्पबाट प्रभावित सर्वसाधारणसँग ह्यारीले कुराकानी गरेका थिए। तस्वीर: एपी
तस्बिरको क्याप्शन, बैशाखको भूकम्पबाट प्रभावित सर्वसाधारणसँग ह्यारीले कुराकानी गरेका थिए। तस्वीर: एपी
काठमाडौंपछि ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका थिए, जहाँ उनलाई त्यहाँका स्थानीय वासिन्दाहरुले स्वागत गरेका थिए। तस्वीर: नेत्र केसी
तस्बिरको क्याप्शन, काठमाडौंपछि ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका थिए, जहाँ उनलाई त्यहाँका स्थानीय वासिन्दाहरुले स्वागत गरेका थिए। तस्वीर: नेत्र केसी
राजकुमार ह्यारीले भ्रमणका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा त्यहाँ बन्यजन्तुको संरक्षणबारे चासो देखाएका थिए। तस्वीर: रोयटर्स / राष्ट्रिय समाचार समिति
तस्बिरको क्याप्शन, राजकुमार ह्यारीले भ्रमणका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा त्यहाँ बन्यजन्तुको संरक्षणबारे चासो देखाएका थिए। तस्वीर: रोयटर्स / राष्ट्रिय समाचार समिति
बर्दियाको डल्ला गाउँमा रहेको होमस्टे पुगेका ह्यारीलाई त्यहाँका मानिसले ढाका टोपी र वेस्टकोट लगाइदिएका थिए। तस्वीर: नेत्र केसी
तस्बिरको क्याप्शन, बर्दियाको डल्ला गाउँमा रहेको होमस्टे पुगेका ह्यारीलाई त्यहाँका मानिसले ढाका टोपी र वेस्टकोट लगाइदिएका थिए। तस्वीर: नेत्र केसी
बर्दिया राष्ट्रिय निकुञ्जभित्र बग्ने कर्णालीको भंगालो खौराह नदीमा र्याफ्टिङ गरेका थिए। तस्वीर: रोयटर्स / राष्ट्रिय समाचार संस्था
तस्बिरको क्याप्शन, बर्दिया राष्ट्रिय निकुञ्जभित्र बग्ने कर्णालीको भंगालो खौराह नदीमा र्याफ्टिङ गरेका थिए। तस्वीर: रोयटर्स / राष्ट्रिय समाचार संस्था
रंगहरुको पर्व होलीको बेलामा नेपाल आइपुगेका ह्यारीलाई लमजुङका बासिन्दाले रंगहरु दलिदिएका थिए। तस्वीर: दिपक परियार
तस्बिरको क्याप्शन, रंगहरुको पर्व होलीको बेलामा नेपाल आइपुगेका ह्यारीलाई लमजुङका बासिन्दाले रंगहरु दलिदिएका थिए। तस्वीर: दिपक परियार
बर्दियापछि उनी लम्जुङ पुगेका थिए। सुरुमा ६ दिनका लागि भनेर आएका ह्यारीले भूकम्पबाट क्षति भएको गाउँमा काम गर्ने भन्दै आफ्नो भ्रमण अरु ६ दिनका लागि लम्ब्याएका थिए। तस्वीर: दिपक परियार
तस्बिरको क्याप्शन, बर्दियापछि उनी लम्जुङ पुगेका थिए। सुरुमा ६ दिनका लागि भनेर आएका ह्यारीले भूकम्पबाट क्षति भएको गाउँमा काम गर्ने भन्दै आफ्नो भ्रमण अरु ६ दिनका लागि लम्ब्याएका थिए। तस्वीर: दिपक परियार