हात्ती महोत्सव

चितवनको सौराहामा हरेक वर्ष हात्ती महोत्सव हुने गर्छ।

महोत्सवमा चितवन राष्ट्रिय निकुञ्ज र सौराहामा रहेका होटल व्यवसायीहरुका घरपालुवा हात्तीहरु सहभागी हुने गरेका छन्। (सबै तस्वीर: ईश्वर जोशी)
तस्बिरको क्याप्शन, महोत्सवमा चितवन राष्ट्रिय निकुञ्ज र सौराहामा रहेका होटल व्यवसायीहरुका घरपालुवा हात्तीहरु सहभागी हुने गरेका छन्। (सबै तस्वीर: ईश्वर जोशी)
महोत्सवमा हुने बनभोज, फुटबल र 'हात्ती सुन्दरी' प्रतियोगिताका लागि चितवन राष्ट्रिय निकुञ्जका ८० र होटल व्यवसायीहरुका ६० वटा हात्तीहरु जम्मा गरिएको थियो।
तस्बिरको क्याप्शन, महोत्सवमा हुने बनभोज, फुटबल र 'हात्ती सुन्दरी' प्रतियोगिताका लागि चितवन राष्ट्रिय निकुञ्जका ८० र होटल व्यवसायीहरुका ६० वटा हात्तीहरु जम्मा गरिएको थियो।
हात्तीको बनभोजमा धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफुल, उखु, फर्सी, गाजर आदि खान दिइन्छ।
तस्बिरको क्याप्शन, हात्तीको बनभोजमा धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफुल, उखु, फर्सी, गाजर आदि खान दिइन्छ।
हात्तीका छावाहरुबीचको फुटबल खेलमा चारचार वटा हात्तीको समूह हुन्छ। प्रतियोगिता ३० मिनेट लामो हुन्छ।
तस्बिरको क्याप्शन, हात्तीका छावाहरुबीचको फुटबल खेलमा चारचार वटा हात्तीको समूह हुन्छ। प्रतियोगिता ३० मिनेट लामो हुन्छ।
हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको ठूलो भीड लाग्ने गर्छ।
तस्बिरको क्याप्शन, हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको ठूलो भीड लाग्ने गर्छ।
हात्ती लस्काईमा २० वटा हात्तीले प्रतिस्पर्धा गरेका थिए। उनीहरुलाई माहुतेले दौडाउने गर्दछन्।
तस्बिरको क्याप्शन, हात्ती लस्काईमा २० वटा हात्तीले प्रतिस्पर्धा गरेका थिए। उनीहरुलाई माहुतेले दौडाउने गर्दछन्।
हात्तीको उमेर, स्वास्थ्य र भनेको कति मान्छ जस्ता आधारमा सुन्दरी छनौट गरिने यो महोत्सव हेर्न ठूलो भीड जम्मा हुने गर्छ।
तस्बिरको क्याप्शन, हात्तीको उमेर, स्वास्थ्य र भनेको कति मान्छ जस्ता आधारमा सुन्दरी छनौट गरिने यो महोत्सव हेर्न ठूलो भीड जम्मा हुने गर्छ।
आफ्नो सौन्दर्य प्रदर्शन गर्न ५ वटा हात्तीले क्याट वाक गरेका थिए।
तस्बिरको क्याप्शन, आफ्नो सौन्दर्य प्रदर्शन गर्न ५ वटा हात्तीले क्याट वाक गरेका थिए।
सौन्दर्य प्रतियोगिताको लागि हात्तीलाई विभिन्न रंग र कपडाले सिँगारिन्छ।
तस्बिरको क्याप्शन, सौन्दर्य प्रतियोगिताको लागि हात्तीलाई विभिन्न रंग र कपडाले सिँगारिन्छ।