अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष भूकम्पका कारण मनाङमा पदयात्रा गर्ने पर्यटकको संख्या निकै कम भएको छ।
तस्बिरको क्याप्शन, लम्जुङबाट मनाङको सदरमुकाम चामेसम्म चार वर्षअघि साना जीपहरु गुड्ने बाटो बनेको छ। तस्वीरहरु: सीता मादेम्बा
तस्बिरको क्याप्शन, स्वदेशी तथा विदेशी पर्यटकहरु प्राय: सदरमुकाम चामेबाट पदयात्रा सुरु गर्छन्।
तस्बिरको क्याप्शन, चिसो बढेसँगै त्यसले सबैभन्दा बढी प्रभावित बालबालिका र बृद्धबृद्धा हुने गर्छन्।
तस्बिरको क्याप्शन, मध्य हिउँदमा हिमाली भेगमा स्कुल ठप्प हुने कारणले मनाङ मुस्ताङमा विद्यालयको पढाइ प्रभावित हुनेगर्छ।
तस्बिरको क्याप्शन, यो वर्ष हिउँ चाँडो परेपछि मनाङ हुँदै थोरङला भञ्यांग पार गर्न भनी हिडेका पर्यटकहरु याक खर्कबाट फर्किएका छन्।
तस्बिरको क्याप्शन, पदयात्राका क्रममा हिमाल पहाड खोलानालामात्रै होइन भीरहरुमा भीरमौरी पनि देखिन्छ।
तस्बिरको क्याप्शन, मनाङमा सामान ल्याउन पहिला घोडा प्रयोग गरिन्थ्यो भने अहिले गाडी पुग्छ। तर त्यहाँ हिउँ धेरै परेको र मध्य वर्षामा भने सामान मानिसले नै बोकेर लैजानुपर्ने बाध्यता छ।
तस्बिरको क्याप्शन, अघिल्लो वर्ष अन्नपूर्ण पदमार्गमा थुप्रै पदयात्रीको ज्यानै जानेगरि हिमपहिरो गएपछि उक्त क्षेत्रमा अहिले निकै कम पर्यटकहरु जाने गरेका छन्।
तस्बिरको क्याप्शन, पर्यटनबाट आम्दानी नभएकाबेला स्थानीयबासी डोकोनाम्लो बुन्ने जस्ता घरेलु उद्यममा समय लगाउंछन्।
तस्बिरको क्याप्शन, मनाङ पुगेका प्राय: सबै पर्यटक पचास वर्ष अघि बनेको गंगापूर्ण हिमतालसम्म पुग्छन् जुन बजारबाट जम्मा १० मिनेटको पैदल यात्रामा पुगिन्छ।