तस्वीरमार्फत ग्रहहरुको यात्रा

विभिन्न अन्तरिक्षयानले पठाएका ग्रहहरु तथा प्लुटो (यम)को छानिएका तस्वीरमार्फत तिनको यात्रा।

Mercury (NASA/Johns Hopkins University Applied Physics Laboratory/Carnegie Institution of Washington)
तस्बिरको क्याप्शन, बुध ग्रहको तस्वीरले त्यहाँको चट्टानको सतहमा रसायन, खनिज र भौतिक पदार्थको फरकहरु देखाउँछ।
Computer generated image of Venus. Magellan Project/JPL/NASA
तस्बिरको क्याप्शन, सन् १९९० मा मेगेलान अरबिटरले पठाएको तस्वीरमा आधारित भएर कम्प्यूटरद्वारा बनाइएको शुक्र ग्रहको सतहको तस्वीर जसमा सोभियत भेनेरा १३ र १४ ल्याण्डरमार्फत प्राप्त सूचनाका आधारमा रंगहरुको प्रयोग गरिएको छ।
Earth from the Moon. NASA/ap
तस्बिरको क्याप्शन, सन् १९६९ को जुलाइमा चन्द्रमाबाट एपोलो ११ को टोलीले देखेको पृथ्वी।
A mosaic of images taken of Mars by a Viking orbiter. NASA
तस्बिरको क्याप्शन, भाइकिंग अर्बीटरले लिएका थुप्रै तस्वीरहरु मिलाएर तयार पारिएको यस दृश्यमा मंगल ग्रहको भाल्स मारिनेरिस नामक ठूलो खोँच देखिन्छ
Jupiter. NASA, ESA, and A. Simon
तस्बिरको क्याप्शन, हबल्स टेलिस्कोपको वाइड फिल्ड क्यामेराले खिंचेको ग्रहहरु मध्ये सबैभन्दा ठूलो बृहस्पतीको तस्वीर
Saturn. NASA/ESA/AP
तस्बिरको क्याप्शन, सन् २००४ को मे महिनामा कसिनि अन्तरिक्षयानले खिचेका फोटो मिलाएर बनाइएको यस तस्वीरमा शनि ग्रह
Uranus. NASA/jpl
तस्बिरको क्याप्शन, सूर्यबाट सातौं स्थानमा पर्ने अरुण ग्रह नजिकैबाट सन् १९८६ को जनवरीमा नासाको भोयजर २ अन्तरिक्षयान गुज्रिएको थियो
Neptune. NASA/JPL
तस्बिरको क्याप्शन, भोयजर २ को न्यारो एंगल क्यामेराले खिचेको वरुण ग्रहको तस्वीर। यो फोटो उक्त ग्रहबाट ४४ लाख माईल परबाट खिचिएको थियो। जसमा सो ग्रहमा रहेको ठूलो कालो दाग देखिन्छ।
Pluto. NASA
तस्बिरको क्याप्शन, न्यू होराइजन अन्तरिक्ष यानले खिचेको यमको सबैभन्दा प्रष्ट तस्वीर। पछिल्लो आँकडाले यमको आकार र क्षेत्रबारे थप स्पष्ट सूचना दिएको छ। विगतका अनुमान भन्दा यम केही ठूलो, करिब ८० किलोमिटर बढी चौडा, भेटिएको छ। अर्थात यम हाम्रो चन्द्रमाको दुई तिहाई आकारको रहेको छ। सन् २००६ मा अन्तर्राष्ट्रिय खगोल संघले यमलाई ग्रहबाट घटुवा गरी पुन्टे ग्रहको श्रेणीमा झारिदिएको थियो।