गर्मीमा हिउँ पग्लन सुरु भएपछि माथिल्लो हिमाली भेगमा यार्सागुम्बा टिप्न जाने मानिसको वर्षेनी लर्को लाग्ने गर्छ।
तस्बिरको क्याप्शन, यो वर्ष यार्सागुम्बा टिप्न जुम्लाको ठाकुरज्यू गएका कति मानिसहरु त्यहाँ हिउँ बढी परेर यार्सा नपाइएको भन्दै डोल्पाको पाटनसम्म पुगेका थिए। तस्वीरहरु: सरोज शाही/ जुम्ला
तस्बिरको क्याप्शन, आधा वनस्पति र आधा जीव मानिने यो जडिबुटी समद्र सतहबाट ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा पाइन्छ।
तस्बिरको क्याप्शन, विभिन्न रोगको औषधीको रुपमा उपयोग गरिने यार्सागुम्बाको खपत छिमेकी मुलुक चीनमा सबैभन्दा बढी हुने गरेको बताइन्छ।
तस्बिरको क्याप्शन, यार्सागुम्बा टिप्ने मौसममा हिमाली भेगका शिक्षक र विद्यार्थीसमेत त्यहाँ जाने भएकाले धेरैजसो विद्यालयहरु बन्द रहने गर्छन्।
तस्बिरको क्याप्शन, यार्सागुम्बा टिप्न जाँदा धेरैलाई त व्यापारीहरुले पहिल्यै रकम दिएर समेत पठाउने गर्छन्।
तस्बिरको क्याप्शन, यार्सागुम्बा भेटिने उच्च हिमाली भेगमा जाँदा जोखिम बढी हुने भएकोले कति मानिसहरुले चिसो र हिउँका कारण ज्यानै गुमाउने गरेको खबरहरुसमेत आउने गर्छ।
तस्बिरको क्याप्शन, हिमाली जिल्लाका कैयौं मानिस आफ्ना वार्षिक घर खर्चका लागि यार्सागुम्बाको आम्दानीमा भर पर्छन्।
तस्बिरको क्याप्शन, यार्सागुम्बाको कारोबार ठूलो हुने भएकाले गाउँले मात्रै होइन व्यापारीहरु पनि पाल टाँगेरै केही समय बिताउने गरि यार्सागुम्बा संकलन स्थलमा पुग्छन्।
तस्बिरको क्याप्शन, ६ महिना जीव र ६ महिना वनस्पति भएर रहने यार्सागुम्बाको, वनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जीवित रहे वनस्पति मर्ने स्वभाव हुने गरेको विज्ञहरु बताउँछन्।
तस्बिरको क्याप्शन, यार्सागुम्बा टिप्न गएका बेला परिवारका प्राय सबै सदस्य घरको ढोकै बन्द गरेर जाने भएकाले उनीहरुले खानाको लागि घरबाटै लिएर गएको अन्न प्रयोग गर्छन्।